गोबिन्द्र राज तिमिल्सेना,बाजुरा= खप्तड मालिका युवा संञ्जाल बाजुराको आयोजना र राष्ट्यि लोक तथा दोहोरी गित प्रतिष्ठान बाजुराको सह आयोजनामा संञ्चालन भइरहेको प्रथम खप्तड मालिका उद्योग,कृर्षि,पर्यटन तथा ब्यापार महोत्सवमा भोली चर्चित लोकदोहोरी गायक पुश्कल शर्मा लगायत अन्य स्थानिय कलाकारहरुका बेजोड प्रस्तुती रहने भएका छन । उद्योग,कृषि,पर्यटन र ब्यापार जडिबुटी,संस्कृति,समृद्ध बाजुराका आधार भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा यहि चैत्र ३ गतेबाट प्रथम खप्तड मालिका उद्योग,कृर्षि,पर्यटन तथा ब्यापार महोत्सव संञ्चालन भइरहेको छ ।
उक्त महोत्सवमा भोली बहुचर्चित लोकदोहोरी गायक पुश्कल शर्माले आफ्नो बेजोड प्रस्तुती दिनुहुने भएको छ । बाजुरा महोत्सवमा आफ्नो प्रस्तुती दिनको लागी गायक शर्मा बाजुरा प्रस्थान गरीसक्नुभएको छ । भोलीको दिनमा बाजुरा बासीहरुलाई गायक शर्माले भरपुर मनोरञ्जन दिने पनि बिश्वास गरीएको छ । बाजुराको कला,संस्कृतिको प्रर्बद्धन गदै आफुले प्रस्तुती दिने पनि उहाँले बताउनुभएको छ ।
यस्तै भोलीकै कार्यक्रममा चर्चित हास्य गायक मनिस खड्का,राजेन्द्र बाजुरेली,गायक प्रभुराज पाण्डे,नरबहादुर बिक,बिनोद बिक,पदम बाबु रावल,सुसिला थापा,अञ्जली सिहँ ठकुरी,मोडेल राजेश पायल बिक,गायक मन बहादुर रोकाया,भावना रावल,हिमानी कार्की लगायत अन्य स्थानिय कलाकारहरुका बेजोड प्रस्तुती रहने भएका छन । आजको कार्यक्रममा चर्चित गायक चेतन बोहरा,गायक कुलेन्द्र परियार,गायक रामचन्द्र बोहरा,गायिका सम्झना श्री,स्थानिय गायक शुशिल चदारा,देबिका बोगटी लगायत अन्य स्थानिय कलाकारहरुका साथै देउडा प्रतियोगिता पनि संञ्चालन भएको थियो ।
चैत्र ३ गतेबाट संञ्चालन भएको उक्त महोत्सव यहि चैत्र १२ गतेसम्म संञ्चालन हुने युवा संञ्जालका अध्यक्ष शुक्रराज बोहराले बताउनुभएको छ ।











