बाजुरा: पत्रकारको क्षमता बिकास सम्बन्धि दुई दिने तालिम आज सम्पन्न भएको छ ।
शनिवार एक औपचारिक कार्यक्रमका बिच आन्तारिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा जिल्ला शाखा बाजुराको सहकार्यमा उक्त तालिम सञ्चालन गरीएकाे थियाे ।
तालिममा जिल्लामा पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका पत्रकारहरुलाई समाचार लेखन, टेलिभिजन पत्रकारीता र रेडियो पत्रकारीताका आधारभुत सीपहरु बारे प्रशिक्षण गर्न तालिमको आयोजना गरिएको गरीएकाे थियाे ।
२ दिन सम्म संचालन गरीएकाे तालिमको पहिलो दिन पत्रकारीताका आधारभुत सीपहरु, टेलिभिजन पत्रकारीता, रेडियो पत्रकारीताका विषयमा पत्रकार महासंघका प्रदेश महासचिव रामसिंह ठगुन्ना, सचिव हरी जोशी र प्रदेश सल्लाहकार कृष्ण ओलीले प्रशिक्षण गरेका थिए भने दाेस्राे दिन आज भिडियाे कसरी खिच्ने , कुन एङ्गल बाट भिडियाे लिने , पत्रकारका आचारसंहीताका बारेमा र जिल्लामा क्रियाशील पत्रकार दयाराम पण्डीतले आफु याे पेसामा आवद्द भएदेखी भाेगेका भाेगाई र आफुमा आएका चुनाैती हरुकाे बारेमा प्रशिक्षण गरेका छन् ।
तालीममा जिल्लाका २५ बढी पत्रकारहरुको सहभागिता रहेको थियो । तालीममा उपस्थित सबै पत्रकार हरुलाइ प्रमाण पत्र सहीत बितरण गरी कार्यक्रम सम्पन्न गरीएकाे छ।