बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव उद्घाटन नेपाली काङ्ग्रेस सह महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय बर्दी प्रसाद पाण्डेले गर्ने भएको छ।
बाजुराको कुण्डा क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना हुनेभएको छ। “जैविक कृषि, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृति संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुन्नति तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास” भन्ने मुल नारा साथ भोलि देखि महोत्सव सुरु गरिने भएको छ।
हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको आयोजनामा र कोल्टी उद्योग वाणिज्य संघ बुढिननदा नगरपालिका कोल्टी सह आयोजकमा सञ्चालन गरिएको छ। नेपाल पर्यटन बोर्ड काठमाडौ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुदुरपश्चिम प्रदेश धनगढी, कैलालीको समन्वय तथा आर्थिक सहयोग रहेकोे महोत्सव समितिले बताएका छन।
गरिबी र पछौंटेपनका रुपमा चिनिने बाजुरालाई सम्भावनाका रुपमा चिनाउन महोत्सवको विषेश भुमिका रहने भएको देखिन्छ। चार दिन सम्म चल्ने महोत्सवमा प्रत्यक स्थानिय तहका विभिन्न किसिमका स्थानिय स्तरका चिनारी, विभिन्न कृर्षि उत्पादित वस्तु, पर्यटन तथा धार्मीक स्थल, सभ्यता संस्कृति, भेषभुषा लगायतका स्थानिय स्तरका विभिन्न कला प्रर्दशन गरीने भएको छ। माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव उद्घाटन नेपाली काङ्ग्रेस सह महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय बर्दी प्रसाद पाण्डेले गर्ने भएको छ।