गोबिन्द्र राज तिमिल्सेना,बाजुरा= प्रकृतिलाई सौन्र्दयता दिन र वातावरण सुन्दर देखिन त्यहाँका रमणिय ठाँउले बिषेश भुमिका खेल्ने गर्दछन । प्रकृतिसंग रमाउन र प्रकृतिको काखमा खेल्न प्रकृति सुन्दर हुन जरुरी देखिन्छ । चारैतिरको सौन्र्दयताले मनको गाँठो चुडर लगोस र प्रकृतिको एक अमुल्य उपहार संग गाँसियोस त्यो नै प्रकृतिको गुण हो,प्रकृतिको सौन्र्दयता हो । प्रकृति धमिलो हुन नदिई सफा,स्वच्छ राख्न त्यहाँको ठाँउको सौन्र्दयताले ठुलो भुमिका खेल्ने गर्दछ । जसको उदाहरणको रुपमा बाजुराको प्रकृतिलाई लिन सकिन्छ बाजुरा एक बिकट यातायातको पहुँचबाट टाढा,शिक्षा,स्वास्थ्य,संञ्चारको पनि खासै सुबिधा नभएको सडक यातायातको पहुँचबाट पनि खासै फड्को नमारेको गरीबिको रेखामुनी रहेको एक हिमाली जिल्ला हो । अन्य सेवा सुबिधा खासै नभएतापनि त्यहाँको प्रकृति स्वर्ग झै अतुलनिय रहेको छ । त्यहाँको प्रकृतिको बारेमा त्यहाँ घुम्न आउने पर्यटकले छुट्टाछुट्टै वर्णन गरेका छन कसैले बाजुरा प्रकृतिको खानी कसैले सौन्र्दयताको धनि कसैले स्वर्गको टुक्राका रुपमा वर्णन गरेका छन । सरकारको नजरमा बाजुरा खासै नपरेतापिन सौन्र्दयको रुपमा चिरपरिचित हुदै आएको छ ।

त्यसैको उदाहरणको रुपमा प्रकृतिको अनुपम स्थलको रुपमा बाजुराको बडिमालिका वडा.नं ७ मा प्रर्ने कालाजग्रा लाइ लिने गरीन्छ । प्रकृतिको अनुपम स्वर्गको टुक्रा,पहाडभित्रको अर्को श्वर्ग,लुकेको गाँउ भनेर चिनिने उक्त पर्यटकिय स्थल प्रकृतिको अनुपम उपहारको रुपमा लगिन्छ प्रकृतिको अनुपम स्थलको रुपमा चिनिदै आएपनि सरकारको नजरमा भने अझै पर्न सकेको छैन बाजुरा जस्तो बिकट ठाँउमा भएको यस्तो अनुपम स्थल अझै सरकारको नजरमा नपरेकाले यसको बिकाश खासै हुनसकेको छैन यदि यो प्रकृतिको अनुपम स्थल सरकारको नजरमा पर्ने हो भने बाजुराको बिकाश संगै सिंगो नेपालको चिनारीका रुपमा यो क्षेत्रलाई लिने सम्भावना हुन्थ्यो तर विडम्वना अझैसम्म यो सरकारको नजरमा खासै पर्न सकिरहेको छैन । सरकारको नजरमा नप्रनुको पछाडी पनि हरेक कारणहरु रहेका छन एक त बाजुरा उसै बिकट जिल्लामा प्रर्ने जिल्ला हो बाटो अप्ठेरो,मौषमको अवस्था,कठिन पैदल यात्रा भएका कारण सो क्षेत्रको यात्रा धेरै कठिन भएका कारण त्यँहा जान नसकिने भएका कारण यो सरकारको नजरमा कमै पर्न सकेको हो ।यहाँको भौगोलिक बनावटकै कारण यो सरकारको नजरमा कम परेको छ । यदि यो सरकारको जनरमा पर्न सक्ने हो भने यहाँबाट हरेक प्रकृतिको दृश्य नियाल्न सकिने नँया खोज अनुसंधान गर्न सकिने आँकलन गर्न सकिन्छ । तर सरकारले खासै बाजुराका कुनै पनि यस्ता पर्यटकिय स्थलको अध्ययन गरिरहेको छैन । बाजुराको प्रकृतिको र यहाँका पर्यटकिय क्षेत्रलाई अगाडी बढाउन सरकारले कुनै कदम चालिरहेको छैन ।
जिल्लाको बडिमालिका नगरपालिका व।डा।नं।७ ढम्कनेको पुर्व साइडपट्टि करिव ३२०० मिटरको उचाईमा अबस्थित यो पर्यटकिय स्थल पछिल्लो समयमा चिरपरिचित हुदै आएको छ । भौगोलिक,सामाजिक बिषेषता बोकेर प्रकृतिको काखमा उभिएको यस पर्यटकिय स्थलले बाजुराको प्राकृतिक सौन्र्दयतालाई थप उचाईमा पुर्याउन सहयोग गरेको छ ।
दुई पहाडको बिचमा उभिएर बसेको यस पर्यटकिय स्थलले बडिमालिका ७ को मात्र नभई सिंगो बाजुरा लगाएत नेपालको उच्च स्थान बनाउन सकेको छ । बाजुरा जस्तो बिकट ठाँउमा सरकारको ध्यान नगएर मात्र यहाँको प्राकृतिक सौन्र्दयतालाई सरकारले खासै ध्यान नदिएको छ । यस पर्यटकिय स्थलले प्राय सबै पर्यटको मन लोभ्याउन सम्भव भएको छ । कहाँलिलाग्दा भिरपाखा,अप्ठेरो साँघुरो बाटो मनै चुडेर लग्ने सिरसिरे बतासले गर्दा खासै यात्रा कठिन भएतापनि त्यहाँको सौन्र्दय यति रमणिय रहेको छ ।

पुर्वमा बझाङको शैपाल हिमाल पश्चिमा सिन्तवा हिमाल उत्तरमा बुढिनन्दा नगरपालिकाका कहालिदा भिरपाखा र दक्षिणमा बडिमालिका पर्यटकिय क्षेत्रको दृश्य देख्न पाइने सो क्षेत्रमा डाँफे,मुनाल चिमाली कटुस हत्याजडी जडीबुटी संगै पशुपंक्षीको अबस्था पनि देख्न सकिन्छ । बिकट ठाँउ र कहालिदो भिरपाखामा सो पर्यटकिय स्थल भएका कारण सरकाले त्यसको अवलोकन गर्न सकिरहेको छैन किनभने यातायातका साधन सो क्षेत्रमा नजाने हुदाँ त्यहा पुग्न कठिन हुन्छ । कालिका माताको मुर्ति र सो क्षेत्रमा पहाड भित्र बिचित्रताको ताल भएका कारण यो क्षेत्र पर्यटको नजरमा परेको हो । यस क्षेत्रमा दर्शन गरे सबै पाप नस्ट हुने परिवारमा सुख शान्ति हुनेहँदा सबै श्रदालुभक्तजनहरुले यहाँको दर्शन गर्ने गरेको पाइन्छ ।
पुश माघको महिनामा हिँउको घुम्टोमा सजिने र बैशाख जेठको महिनामा नौरङगे समाडीमा उनिएकी अप्सरा जस्र्तै देखिने यो क्षेत्रमा घुम्ने सबैको मन हुदा हुदै पनि सबैका सपना साकार हुदैनन भिरको बाटोसिरटो चल्ने हुदा यहाँ कमजोरी मान्छे त झनै जानै सक्दैनन बबशन्तको बहाफ लागे संगै यहाँ पर्यटको घुइचो अत्याधिक हुने गर्दछ । यसै को उत्थानको निमित्त बि। सं २०७६ सालमा आलुको उत्पादन प्रशोधन बजारीकरण हाम्रो अभियान ढम्कनेको स्थानिय अर्गानिक आलु बाजुराको पहिचान भन्ने मुल नाराका साथ प्रथम ढम्कने आलु महोत्सब पनि यहि पर्यटकिय स्थलको फेदीमा सम्पन्न गरीएको थियो । उक्त महोत्सबले यस स्थल झन प्रचारमा आएको थियो । नेपाल सरकारले यसलाई कालाजग्रा पोरखे पर्यटकिय स्थलको रुपमा बदल्ने र हरेक प्रकारका जडिबुटी पशुपंक्षीको संरक्षण गर्नका लागी निकुञ्ज स्थापना गर्ने निर्णय गरीसकेको छ । बाजुरा आफैमा धनी छ तर स्रोत साधन उपलब्ध नहुने यातायातको पहँुच बाट टाढा अत्याधिक चिसो भएको हिमाली जिल्ला भएका कारण पछाडी परिरहेको छ । यदि बाजुरामा सबै स्रोत साधनको उपलब्ध हुने हो भने बाजुरा स्विजटरल्याण्ड भन्दा पनि कम हुने छैन भन्ने धारण पाइन्छन ।

अतः यसै क्षेत्र मात्र नभई बाजुरामा पहाडभित्र लुकेका नँया अरु हजारौ रमणिय क्षेत्र पनि रहेका छन । यि सबै लुकेका नयाँ संसारको खोजी गरी पहिचानमा ल्याउने हो भने बाजुरा एक बिठट क्षेत्र नभई सुबिधा सम्पन्न जिल्लाको रुपमा चिन्न सकिने छ । एक जिल्लाको अत्यन्तै चिसो क्षेत्रमा प्रर्ने कालाजग्रा रमणिय क्षेत्र प्राय सबै महिनामा उत्तिकै हसिलो देख्न सकिन्छ त्यस क्षेत्रमा घुम्न गएका पर्यटकले एकछिन सबैलाई बिर्षेर आफ्नै संसारमा रमाउने गर्दछन ।।।।
बाजुराको हरेक पर्यटकिय क्षेत्रहरु बिच कालाजग्रा भगवानको अनुपम उपहार हो । यो क्षेत्र एकदमै अप्ठेरो दुई पहाडको बिचमा जगधुम्म उभिएर संसारलाई नियालिरहेको छ । यस क्षेत्रको टुप्पोमा दुइवटा मन्दिर,एउटा भ्युटावर रहेका छन यसको फेदीमा ठुलो पानीको ताल गुफा रहेको छ यो गुफाले यस क्षेत्रको झन प्रभुत्व बढाएको छ । यदि यो सरकारको नजरमा प्रर्ने हो भने बाजुरा मात्र नभई सिंगो देश नै उन्नतिको बाटोमा लम्किने थिए । पर्यटनको मन लोभ्याउने यस क्षेत्रको मुऋय आर्कषण भनेको त्यहाँबाट चारैतिरको रमाइलो दृश्य र सौन्र्दयता हो । पर्यटकलाई आफुतिर तान्ने,चिसो मौषम सफा र सौन्र्दय प्रकृति डाँफेको नाँच,कहाँलिदा भिरपाखा,अप्ठेरो बाटो,पानीको ताल बासुधारा यस पर्यटकिय क्षेत्रका बिशेषता रहेका छन ।।











