बाजुरा – प्रतिनिधि सभा सदस्य बद्री प्रशाद पाण्डे, बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का र राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल संग भेटवार्ता गर्नुभएको छ । साँसद पाण्डे र नगर प्रमुख खड्का प्रमुख पोखरेलको कार्यकक्षमै भेटवार्ताका लागि पुग्नु भएको हो ।
बाजुरा लगायत अरु जिल्लाहरुमा भुकम्प र बाढीपहिरोले पुर्याएको क्षतिले पीडितहरुलाई कसरी राहत उपलब्ध गराउन सकिन्छ भन्ने बिषयमा छलफल भएको पाण्डेका स्वकीय ताल बहादुर रावतले जानकारी दिनुभएको छ । नेता पाण्डेले जिल्लाको समग्र विकासका लागि संसदमा आफ्नो आवाज बुलन्द गर्दै सरकारको ध्यानाकर्षण गराउदै आउनुभएको छ भने विभिन्न मन्त्रालयका प्रमुख संग भेटवार्ता गर्दै आउनुभएको छ ।
प्रमुख पोखरेललाई भट्ने पाण्डे संगै बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का पनि पुग्नुभएको हो ।बाजुरा जिल्लामा समय समयमा भुकम्प, बाढी पहिरो लगायतका बिपदका घटनाहरु घट्ने हुँदा ती बिपदजन्य घटनामा भएको क्षेतीको राहत कसरी उपलब्ध गराउने भन्ने बिषयमा कुराकानी भएको हो । गत माघ १० गते गएको भुकम्पका कारण क्षेती ग्रस्त भुकम्प पीडितलाई राहतका लागि आवस्यक पहल गर्न समेत प्रमुख पोखरेल संग भेटवार्तामा कुराकानी भएको बताइएको छ । बाजुरा जिल्लाका अधिकांस बस्तीहरु बर्षातका चार महिना बाढी पहिरोको उच्च जोखिममा हुने हुँदा जतिबेला पनि बिपदका घटनाहरु घट्न सक्ने हुँदा तयारी अवस्थामा रहिरहनु पर्ने लगायतका अन्य समसामयिक बिषयमा छलफल केन्द्रित भएको हो ।
वर्षा नजिकिदै गएको र पछिल्लो समयमा भुकम्पको पराकम्पन पनि समय समयमा हुँदै आएकाले भुकम्पले पनि कतिबेला बिपत्ति निम्त्याउने हो भन्ने कुरालाई मध्यनजर गर्दै यसबाट भएको क्षेतीबाट तत्काल राहत उपलब्ध गराउन सकियोस् भन्ने उदेश्यले पुर्व तयारीका लागि प्रमुख पोखरेल संग भेटघाट गर्न गएको पाण्डेका स्वकीय रावतले बताउनुभएको छ ।
119 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs