बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा मेलमिलापकर्ताको ४८ घण्टा आधारभुत तालिम सञ्चालन गरेका छन।
ग्लोबल एडभोकेरी नेपाल सहजीकरण र हिमाली गाउँपालिका आयोजनामा जेष्ठ १२ गते शुक्रबार बाट तालिम सञ्चालन गरिएको छ। गाउँपालिका सातै वडामा रहेका मेलमिलाप केन्द्रका ३ वटा समिति सदस्यहरु लाई सहभागिता गराएको छ। वडामा भएका उजुरी तथा झगडा जस्ता वडा कार्यालयको मेलमिलाप केन्द्र बाट निति नियम थप जनचेतनामूलक तालिम रहेकोे छ। पालिकाका विभिन्न किसिमको झैझगडा तथा उजुरी जस्ता कामकाज प्रभावकारी बनाउन तालिम सञ्चालन गरिएको छ।
उक्त तालिम कार्यक्रम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा मेलमिलाप तालिम कार्यक्रम सञ्चालन गरिएको छ। न्यायीक समिति पालिका संयोजक हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की न्यायीक समिति सदस्य मंगल बहादुर मल्ल, कपुर अधिकारी उजुरी प्रशासन विर्ख राज पाण्डे, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लगायत ३० जना तालिम सहभागिता रहेकोे उजुरी प्रशासन विर्ख राज पाण्डेले बताएका छन।











