युनिकोड    राशिफल    एफएम रेडियाे                        
320 पटक पढिएको

बाजुरा — बाजुरा जिल्लाको मुटु सदरमुकाममा मार्तडीमा अवस्थित श्री मालिका नमुना माविमा निजि बिद्यालय छोडेर पढ्न आउने बिदार्थीको जमात बढेको छ । सुदुरपश्चिमकै नमुना बिद्यालयको रुपमा परिचत हुँदै आएको उक्त बिद्यालयमा अन्य बिद्यालयका बिद्यार्थीको घुँइचो बढ्न थालेको छ । जिल्लामा रहेका हरेक बिद्यालयको तुलनामा उक्त बिद्यालय हरेक क्षेत्रमा समेत अगाडी रहेको पाइन्छ बिद्यालयको शैक्षिक स्तर पनि धेरै राम्रो बिद्यालयका हरेक प्रकारका आधुनिक प्रबिधिबाट पढाई संञ्चालन हुने हँुदा बाजुरा मात्र नभई अन्य छिमेकी जिल्लाका बिद्यार्थी पनि उक्त बिद्यालयमा अध्यनको लागी आउने गर्दछन ।

शैक्षिकशत्रको ३महिनामा मात्रै निजि तथा सामाुदाियक छाडेर यो विद्यालयमा ३ सय बढी विद्यार्थीहरु निजिबिद्यालय छोडेर अध्ययन गर्न आएको मालिका माबिका प्राचार्य शुभराज पाध्यायले वताएका छन् । मालिकाले शिशु तहदेखि कक्षा १० सम्म दुवै माध्ययम अंग्रेजी र नेपाली माध्यममा पठनपाठन संचालन गरेपछि यो विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दो रहेकोछ ।सुदूरपश्चिमको बैतडी, धनगढी, कन्चनपुर, दार्चुला, बझाङ, अछाम, डोटी, कर्णली प्रदेशको मुगु र पुर्वको सिराह जिल्लाबाट समेत यस विद्यालयमा विद्यार्थीहरु अध्ययनगर्न आएको विद्यालयले जनाएको छ ।जिल्लाबाहिर निजि बिद्यालयमा पढन गएकाहरु पनि मालिका नमुना उच्चमाबिमाआउने गरेका छन् ।बालविकास केन्द्रदेखि १२ कक्षासम्म पठनपाठन हुने गरेको यस विद्यालयमा शिशु तहदेखि १० कक्षासम्म अंग्रेजी र नेपाली माध्ययममा पढाई हुने गरेको छ ।

जिल्लाको सदरमुकाममा अवस्थित यस विद्यालयमा निजिबोडिङ सरह पढाई हुन् थालेपछि यस विद्यालयमा भर्ना हुनेको संख्या बढ्दो छ । ६ देखि १० कक्षासम्म विद्यार्थीको घुइँचो बढी छ ।विद्यालयले पनि विद्यार्थीहरुको पठनपाठनलाई मध्येनजर गर्दै एउटै कक्षाका ४ वटासम्म सेक्सन बनाएर पठनपाठन गराईरहेको छ । कक्षा ११र १२ मा ब्यवस्थापन, मानविकी, विज्ञान, शिक्षाविषयका अलगअलग संकायमा पठनपाठन भईरहेका छन् ।विद्यालयले १८ महिने सवओभरसियर र ३ वर्षे डिप्लोमा ओभरसियर शिक्षासमेत सहुलियत शुल्कमा उपलव्ध गराउँदै आएको छ । उच्चशिक्षा अध्ययन गर्न सुदूरपश्चिमका मात्र नभई कणाली प्रदेशको मुगु र मधेस प्रदेशको सिराहसम्मका विद्यार्थीहरू मालिकामा अध्ययन अध्यापन गरिरहेका छन् ।

 

१६ वटा सूचकका आधारमा नमुनाका रुपमा स्थापितयस विद्यालयमा हाल २ हजार ३ सय ५५ विद्यार्थीहरुअध्ययनरत रहेका छन् । सुदूरपश्चिमकै विकट जिल्लाका रुपमा रहेको बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित यस विद्यालयमा विद्यार्थी संख्या, जनशक्ति, भौतिकपूर्वाधार, प्रयाप्त खेल मैदानको उपलब्धता र हरेक वर्ष शैक्षिक नतिजाका आधारमा सुदूरपश्चिममै अग्र स्थानमा आफुलाई स्थापित गरेको छ ।

विद्यालयमा ६ देखि १० सम्मका सवै विद्यार्थीहरुका लागि आइसिटि जडान, पुस्तकालय, प्रयोगशाला, बालमैत्री र अपांगमैत्री पूर्वाधारलगायतको राम्रो ब्यवस्थापन छ । वर्सेनीथपिने विद्यार्थीहरुको चापकाका कारणपूर्वाधार थप्नबिद्यालयलाई आर्थिक व्यस्थापन चुनौतिपूणर् हुन थालेको विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायको भनाई छ ।हिमाली जिल्लामा ४५ जना विद्यार्थी संख्याको आधारमा एक जना शिक्षक हुनु पर्ने शिक्षा नियमावलीमा ब्यबस्था छ । तर यहां एक जना शिक्षकले एक कक्षामा सय बढि विद्यार्थीलाई धान्नु परेको छ ।विद्यालयमा शिक्षक कर्मचारी गरी ६३ जना रहेकाछन । यिनमा २३ जना स्थायी दरबन्दीका शिक्षक छन । २१ जनालाई पूणर्कालिन सेवामा विद्यालयले आफ्नै स्रोतमा ब्यवस्थापन गरिरहेका छ । अन्यअस्थायी, करार र राहत सेवाका शिक्षक शिक्षिकाहरू रहेका छन्

बाजुरा जिल्लाकै उत्कृष्ट बिद्यालयको रुपमा चिनिदै आएको यस बिद्यालयमा शिक्षाको गुणस्तर निकै बलियो रहेको छ । बिद्यार्थीको चाप पनि उच्च रहेकाले बिद्यालयभित्र बिद्यार्थीलाई ब्यबस्थापन गर्न पनि कठिन भएको बिद्यालयका प्रार्चाय शुभराज पाध्याले जानकारी दिनुभएको छ । पाध्यायका अनुसार हामीले बिद्यालयमा हरेक प्रक्रियाबाट कक्षाहरु संञ्चालन गरीरहेका छौ बिद्यालयमा प्रबिधिमैत्रि कक्षाकोठा,उपलब्ध खेलमैदान,कम्प्युटर कक्षा,पुस्तकालय र अन्य सिटिइभिटिका कोर्षहरु पनि संञ्चालन हुने हुँदा अन्य बिद्यालयका बिद्यार्थीको पनि यतातिर ध्यान बढी गएको र भर्नाको लागी बिद्यार्थी धमाधम आइरहेका प्रार्चाय पाध्याले बताएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!