बाजुरा= बडीमालिका नगरपालिकाले नगरभित्रका सबै वडामा सोलार बत्ती जडान गरेको छ ।नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन नियमित नहुँदा वडाका सेवाहरु प्रभावित बनेपछि नगरपालिकाले नगरका सवै वडामा बत्तिको विकल्पमा सोलार बत्ती जडान गरेको हो ।राष्ट्रिय प्रशारण लाईन अन्तरगतको विद्युत सेवा नियमित नहुँदा नगरभित्रका वडामा विभिन्न काम गर्न समस्या हुँदै आएको थियो ।नगरपालिकाले नगरभित्रका सवै वडा कार्यालयका कामहरुलाई सहज बनाउन सोलार बत्ति जडान गरेपछि वडामा बत्ति नभएको समयमा समेत वडाका काम गर्न सजिलो भएको बडीमालिका नगरपालिका ८ का वडा सचिव गोरख बहादुर रावलले बताएका छन् ।

नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारसंगको साझेदारीमो नवप्रर्वतन साझेदारी कार्यक्रम अन्तरगत नगरभित्रका सवै वडामा सोलार प्यानल जडान गरेको हो ।वडाको सम्पूर्ण कामकाज कम्प्युटर प्रणालीमार्फत गर्ने योजना अनुसार नगरका ९ वटै वडामा सोलार बत्ती जडान गरिएको नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् । उनका अनुसार अव विजुली नभएको बेलासमेत नगरका प्रत्येक वडामा विद्युतीय कामहरु नियमित गर्न सकिने छ ।आगामी आर्थिक बर्ष देखी बडीमालिका नगरपालिकाले दर्ता चलानी, सिफारीस, सुचीदर्ता, योजना, राजस्व, ब्यवसाय दर्ता लगायतका कार्यहरु अनलाईन प्रविधिबाट गर्नका लागि नगरका सवै वडामा सोलार वत्ति जडान गरिएको नगरपालिकाले जनाएको छ ।अहिले बडीमालिका नगरपालिकाले नवप्रर्वतन कार्यक्रम मार्फत नगरपालिकालाई अनलाइन प्रणालीमा जोड्ने गरी काम अगाडी बढाई अगाडि बढेको नगरप्रमुख अमर खड्काले बताएका छन् । उनका अनुसार क्रमश सबै वडा कार्यालय र केही बिद्यालयलाई अनलाईन प्रबिधिमा जोडिने छन ।

आगामी साउन महिनाबाट संचालन हुने गरी नवप्रर्वतन साझेदारी कार्यक्रमले नगरपालिका र वडा कार्यालयबाट हुने सबै कामहरुलाई अनलाइन र डिजिटल बिधीबाट गर्ने उद्देश्यले नवप्रर्वतन साझेदारी परियोजना पालिकामा कार्यान्वयन भईरहेको छ ।बडीमालिका नगरपालिकाको ६० लाख र सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री परिषद नवप्रवर्तन साझेदार कोषको १ करोड ४० लाखामा सो कार्यक्रम नगरपालिकाले २०७९ मंसिर महिनादेखि संचालन गरिरहेको छ ।











