गोबिन्द्र राज तिमिल्सेना,बाजुरा= बडिमालिका नगरपालिका वडा नं ९ का ६ बर्षिय शंकर डडाल लाई उपचारको लागी काठमाण्डौ पठाइएको छ । काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारको लागी शंकरलाई पठाइएको छ । द हिमालयन टाइम्स,नेपाल टेलिभिजनमा समाचार प्रकाशित पछि एक जना अमेरीकि नागरीकले उपचारमा सहयोग गर्ने गरी डडाल लाई लागी काठमाण्डौ पठाइएको हो ।
बाजुरादेखी गाडीभाँडा तथा काठमाण्डौसम्मको उपचारको सम्पुर्ण समन्वय गरेर डडाललाई काठमाण्डौ पठाइएको पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश शिँहले बताउनु भएको छ । धेरै पटक जिल्ला अस्पताल बाजुरा र ७ पटक अछामको बयलपाटा अस्पतालमा लिदा पनि सञ्चो हुन सकिरहेको थिएन । अन्यत्र लिने पैसा नहुदा डडाल अलपत्र अबस्थामा रहेका थिए ।डडाल बडिमालिका नगरपालिका ९ बस्ने बासमती थापाका ६ बर्षिय छोरा हुन । शंकरको खुट्टा २ बर्ष देखी घाउ भएको थियो पैशाको अभाव हुँदा उपचार हुन सकिरहेृको थिएन , जिल्ला अस्पातलले रिफर गरेको भएपनि पैसा नहुदा अलपत्र अबस्थामा रहेका थिए ।जिल्ला अस्पताल बाजुराले पटक पटक रिफर गर्दै आएको थियो । जिल्ला अस्पताल बाट अछामको बयलपाटा अस्पतालमा ७ पटक उपचारमा लगेका थिए । बयलपाटा अस्पतालमा पनि सञ्चो नहुने भन्दै धनगढी, नेपालगञ्ज, काठमाडौ रिफर गरेपनि पैसा नभएर घर ल्याउने गरेको डडालका बुवा दान बहादुर डडालले वताएका छन् ।
उपचारको लागी काठमाण्डौ पठाइने कुराले डडालको परिवारले खुसी ब्यक्त गरेका छन । उद्धार तथा उपचारमा समन्वय सहकार्य गर्ने बडिमालिकाका नगरप्रमुख अमर खड्का उपप्रमुख नन्दा थापा पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश शिँह,नगर प्रबक्ता धर्मराज पाध्याय, डम्बर महत लगायत उपचारमा सहयोग गर्ने अमेरीकन नागरीकलाई डडालको परीवारले धन्यबाद समेत दिएका छन ।











