बाजुरा= बेलुकीपखको लगातार बर्षाको कारणले बडिमालिका नगरपालिकाका क्षेत्रभित्र रहेका रोडहरु हिलाम्बे भएका छन । बेलुकिपखको लगातारको बर्षाको कारणले बडिमालिका नगरपालिका भित्र रहेका रोडहरुमा हिलो जमेर हिड्नै असहज भएको नगरबासीले बताएका छन । जिल्ला सदरमुकाम मार्तडीमा पनि यो अबस्था सिर्जना भएको छ सदरमुकामको दुनिहाटबजारको सडकखण्ड पुरै हिलाम्बे भएको देख्न सकिन्छ ठाँउठाँउमा रोडहरु भत्किएको उप्किएको कारणले रोडहरु नै हिलाम्बे भएका छन । यसरी लगातार पानी पर्दा रोडहरु हिलाम्बे हुँदा यातायात संञ्चालनमा पनि समस्या भएको गाडी चालकहरुले बताउदै आएका छन । सदरमुकाम मात्र नभई नगरभित्रका अन्य वडाहरुमा पनि रोडहरु हिलाम्बे हुँदा यातायातका साधन संञ्चालन गर्न निकै असहज भएको छ । जिल्लाको बडिमालिका नगरपालिका वडा नं ७ जिल्लिमा गएको ठुलो पहिरोको कारण यातायात संञ्चालन गर्न निकै असहज भएको छ । रोड माथिबाट लगातार लेदो बग्न थालेपछि आवतजावत गर्नुका साथै यातायातका साधनहरु पनि राम्रो संग चल्न सकेका छैनन । लगातारको बर्षाले गर्दा उक्त पहिरो निरन्तर बगिरहेको छ रोडलाइ नै पुरै समस्या गरेको छ यतिमात्र नभई स्थानिय बासीहरुका जग्गा जमिन समेत बगाएर निकै सास्ती खेप्नु परेको जिल्लि बासीहरुले बताएका छन ।

पालिका भित्र रहेका अन्य वडा १,२,३,४,५,६ नौ र आठमा पनि यो समस्या निकै रहेको देखिन्छ । यसरी लगातार रोडहरु हिलाम्बे हुँदा दैनिक कामकाजमा पनि निकै समस्या भएको देखिन्छ बडिमालिका नगरपालिका नौ को नेपाल टेलिकम देखि हिलटप होटलसम्म रोडहरु प्राय हिलाम्बे र रोडहरु सबै तिर उप्किएको देख्न सकिन्छ यसरी रोड उप्किएको ठाँउमा लगातारको बर्षातले गर्दा पानि जमेर हिलो भएको देखिन्छ। नगरभित्र रहेका रोडहरुको अबस्थाबारे नगरपालिकाले पनि चाँसो दिएको पाइदैन लगातार सदरमुकाम लगायत अन्य आसपासका क्षेत्र तथा वडाहरुमा रोडहरु बिग्रिरहेका छन बर्षातको समयमा चारैतिर रोडहरु चिराचिरा परेका देख्न सकिन्छन । पालिकाका बडिमालिको १ तिर जाने रोडपनि ठाँउठाँउमा पहिरो आँउदा छेदबिछेद भएर रोड नै चिराचिरा परेको देख्न सकिन्छ । त्यस्तै अन्य वडामा जाने रोडहरु पनि निकै हिलाम्बे भएका छन । बढिजसो पालिका भित्र ठुलो समस्या बडिमालिका ७ तिर देख्न सकिन्छ बडिमालिका ७ तिरको ठुलो समस्या भने कै जिल्लि पहिरो रहेको छ यो पहिरो पालिकाबाट करिब ४५ मिनेटको समयपछि पुग्न सकिन्छ तर पनि नजिकैको यति ठुलो पहिरो गएको भएतापनि यसको रोकथाम तथा नियन्त्रणको लागी पालिकाले कुनै चाँसो देखाएको छैन उक्त पहिरो गएको करिब दुई बर्ष पुरा हुन लागेको छ तर पनि कुनै निकायले पहल नगरेको पाइएको छ । यो पहिराले गर्दा मार्तडी कोल्टि सडकखण्डलाई पनि नियमित हुन दिइरहेको छैन मार्तडी देखि कोल्टि सम्मको यात्रा पनि निकै असहज पुर्याएको छ ।

समृद्ध नगर सुखी नगरबासी नगरको नारा भएजस्तै नगरलाई पनि समृद्ध र सुखी बनाउन सदरमुकामको चारैतिर उप्किएको सडकको तत्काल पुर्ननिमार्ण गर्न सडकमात्र नभई अन्य सबै क्षेत्रमा पालिकाले लाग्न पनि नगरबासीले अनुरोध गरेका छन ।












