गाेबिन्द्र राज तिमिल्सेना, बाजुरा= समाजको सामाजिक,आर्थिक,भौगोलिक,ऐतिहासिक बिकाश तथा सामाजिक क्रियाकलापमा क्लवले ठुलो भुमिका खेल्ने कालाऋषि युवाक्लबका अध्यक्ष गणेश राज तिमिल्सेनाले बताएका छन । क्लवको बिषेष कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सेनाले आफ्नो क्लवले सधै समाजको बिकाशको लागी सधै अगाडी बढिरहने बताएका छन । समाज बिकाश निमार्णको आधार नै क्लव हो समाजमा रहेका हरेक समस्याहरुको पहिचान समन्वय तथा समाजका गतिबिधिहरु उच्च निकायसम्म पुर्याउनको लागी क्लवले ठुलो भुमिका खेल्ने पनि बताएका छन । समाजमा सामाजिक गतिबिधि अगाडी बढाउन,समाजमा रहेका पुर्वाधार बिकाश निमार्णका कामहरुमा सहजता पुर्याउन,समाजमा लुकेर रहेका हरेक प्रतिभावान क्षमताको उजागर गर्न क्लवले ठुलो भुमिका खेल्ने हुँदा हरेक समुदायमा क्लवको गठन गर्न पनि आबश्यकता रहेको अध्यक्ष तिमिल्सेनाले बताएका छन ।
आफु कालाऋषि युवाक्लवको अध्यक्ष पदमा रहिरहँदा क्लबबाट समाजमा हरेक प्रकारका कार्यक्रम संञ्चालन गरी समाजलाई समृद्ध तथा सुखी राख्न प्रयास गरीने बताएका छन । क्लवबाट समाजमा बिकाश निमार्णका कामहरु गर्ने समस्या परेका स्थानिहरुको खोजी गरी उनिहरुको समस्या सम्बन्धित निकायसम्म पुर्याउने, समाजमा अनैतिक घटनाहरुको रोकथाम गर्ने,समाजमा रहेको ब्याप्त कुरीति कुसंगतिको पनि अन्त्य गर्न आफ्नो क्लवले ठुलो भुमिका खेल्ने बताए । क्लवले सबैभन्दा बढी प्राथामिता बिकाश निमार्णका कामहरुमा दिने पनि बताएका छन । क्लवले समाजमा जति पनि असहज भएका ठाँउहरुमा बाटो मर्मत काठे पुल निमार्ण सम्बन्धित निकायसंग समन्वय गरी समाजका पहिरो जनसक्ने ठाँउहरुमा जाली तटबन्धनको पनि ब्यबस्था गरीने बताएका छन ।
अहिलेको समयमा समाजमा क्लवले ठुलो भुमिका खेल्ने हुँदा अन्य समाजहरुमा पनि क्लवहरु गठन गर्न समेत उहाँले आग्रह गरेका छन । आफ्नो कार्यकालसम्म आफु लगायत अन्य क्लवका पदाधिकारीहरु समाजको सामाजिक समस्याको समाधान गर्न, बिकाश निमार्ण र सामाजिक क्रियाकलाप लाग्ने पनि उहाँले बताउनुभएको छ ।











