बाजुरा= रोडहरुको अबस्था हेर्दा नगरकाे नारा जस्ताे देखिदैन बडिमालिका नगरपालिका समृद्ध नगर सुखी नगरबासी नगरकाे नारा भए तापनि रोडहरुको अबस्था हेर्दा नगरको नारा जस्तो बिकाशमा खासै अगाडी बढीरहेको देखिदैन। बडिमालिका नगरपालिका क्षेत्रभित्र चारैतिर रोडहरुको अबस्था नराम्राे रहेको पाइन्छ । पालिकाको वडा.नं ९ को टेलिकम कारागार देखी तुफान डाँडासम्मको सडको अबस्था हेर्ने हो भने नगरको नारा नारामा मात्र सिमित रहेको देख्न सकिन्छ । यतिमात्र होइन पालिकाको बिरेखोला देखि मार्तडीसम्मकै सडक खासै गुणस्तरिय रहेको पाइदैन रोडहरु चारैतिर चिराचिरा परेको देख्न सकिन्छ सडकको जताततै फोहरका डंङगुर चारैतिर बंगुरको खोरले पनि सडक निकै नराम्रो अबस्थामा रहेको छ । पालिकालाई जति समृद्ध र सुखी बनाउ सक्ने भनिए तापनि उक्त वाचा अफै पुरा हुन सकेको छैन । जिल्ला सदरमुकाम भित्रै पनि कँयौ ठाँउहरुमा रोडहरु हिलाम्बे उप्किएको प्रस्ट देख्न सकिन्छ सदरमुकामको मालिका नमुनम मावि पछाडी पनि रोडको अबस्था उस्तै रहेको पाइन्छ चारैतिर उप्किएको नालीहरुमा पनि फोहर जम्मा भएर बजार नै दुर्गन्धित हुने अबस्थामा रहेको छ तर यसको निमार्ण रोकथाम र सरसफाईमा भने नगरले कुनै चाँसो दिएको छैन । एकपटक उद्योग बाणिज्य सघले कार्यक्रम आयोजना गरी सरसफाई गरेको भएता पनि बर्षातको समयमा भलहरु बगेर आँउदा पुरै सडकका नालीहरु भरीएर पानी जम्मा भएको त्यसैमा फोहर कुहिएर सदरमुकामको वातावरण पनि अर्कै भएको पाइन्छ ।

सदरमुकाम भित्रै ठाँउठाँउमा रोडहरु हिलाम्बे बिग्रिएको भएतापनि यसबारे पालिकाले कुनै चाँसो नदेखाएको पाइएको छ । सदरमुकामकै जिल्ला वन कार्यालय र स्वास्थ्य कार्यालयको नँया भवनको डिलहरुमा पनि रोडहरुको अबस्था उस्तै देख्न सकिन्छ । पानीहरुका पाइप जताततै पछारीएर रहेका छन सडकको नालीहरुमा पानी फोहर जम्मा भएर उक्त क्षेत्रको अबस्था नै नराम्रो भएको छ । पानीमै भ्यागुताहरु कुहिएको पनि देख्न सकिन्छ । नालीहरुको पनि राम्रो ब्यबस्था भएको पाइदैन पानी नालीहरुमा जानुको साटो त्यहि जम्मा भएर बस्ने अबस्था रहेको छ । सदरमुकामको दुनिहाटबजार तुफाँन डाँडा देखि हिलटप होटल सम्म पनि सडक हिलाम्बे भएको र उप्किएको देख्न सकिन्छ सदरमुकामको सडकको चारैतिर फोहर फालिएको पनि स्पस्ट देख्न सकिन्छ जिल्ला अस्पतालको पछाडी पनि कँयौ मात्रामा फोहर फालिएको छ तर त्यसबारे नगरपालिकाले कुनै वास्ता गरेको छैन दैनिक जन्य फोहर उत्पादनले सदरमुकामको अबस्ता नै बदलिरहेको छ । सदरमुकाम मात्र नभई पालिकाका अन्य ठाँउहरुमा पनि सडकको अबस्था उस्तै रहेको छ सबै वडाहरुमा रोडहरु गएको भएतापनि बिकाश हुनुको साटो बिनाश भएको देख्न सकिन्छ काटीएका रोडहरु धमाधम भत्किरहेका छन स्थानियका घरजग्गाहरु पुरीएका छन तर पनि यसबारे कुनै पहल हुन सकिरहेको छैन । पालिका भित्र रहेका कतिपय ठाँउहरुका रोडहरु एकाएक बिग्रिरहेका छन न उक्त सडकको पुननिमार्ण नै हुन सकेका छन न कुनै पहल नै भएको देख्न सकिन्छ रोडहरु जस्ताका त्यस्तै रहेका छन । न कुनै राम्रो गुणस्तरीय ढल निकाशको नै निमार्ण हुन सकिरहेको छ । बर्षातको समयमा बगेर आएको भलको कारण सडक जताततै हिलाम्बे भएर असारे रोपाँइ गरीरहेको देख्न सकिन्छ यसरी सदरमुकाम लगायत अन्य आसपासका ठाँउहरुका रोड बिग्रिएको हुँदा दैनिक यातायात संञ्चालन गर्न निकै कठिन पुगेको यातायात चालकले बताउदै आएका छन । पालिका भित्र गुणस्तरीय सडकको निमार्ण गर्न पनि उनिहरुले अनुरोध गर्दै आइरहेका छन । आर्थिक बर्षको निति तथा कार्यक्रममा सडक पुर्वाधारहरुलाई जोड दिने भनिए तापनि खाली भाषण र किताबको पानामा मात्र सिमित भएको पाइन्छ ।












