युनिकोड    राशिफल    एफएम रेडियाे                        
367 पटक पढिएको

बाजुरा– बडिमालिका नगरपालिकामा प्रवाह हुने विभिन्न सेवा सुविधाहरु अबदेखि डिजिटल प्रविधिबाट प्रवाह गरिने भएको छ । साउन १ गते बाट डिजिटल प्रबिधि मार्फत सेवा सुचारु गरेको नगरप्रमुख अम्मर बहादुर खड्काले बताएका छन् । सेवा सुचारुको एक कार्यक्रमका माझ उद्घाटन गरिएको छ ।
नगरपालिकाले नगरपालिका र वडा कार्यालयबाट हुने सबै कामहरुलाई अनलाइन र डिजिटल बिधीबाट सेवा सुचारु गरेको नगर प्रबक्ता तथा वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । साउन १ गते बाट बडिमालिका नगरपालिकाले दर्ता चलानी, सिफारीस, सुचीदर्ता, योजना, राजस्व, ब्यबासय दर्ता लगायतका कार्यहरु अनलाईन प्रबिधीबाट शुरु गरेको पाध्यायले बताएका छन् ।
नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधाहरुलाई छिटो छरितो र पार्दशिता बनाउनुका साथै नगरबासीलाई डिजिटल प्रविधिमा जोड्न यो सेवाको सुचारु गरिएको नगरप्रमुख अमर बहादुर खड्काले बताएका छन । बिपत्त ब्यबस्थापन, न्यायिक समिति, सामाजिक बिकास, एसएमएस लगायतका कार्यहरु अनलाईन प्रबिधिबाट नै गरिने भएको छ ।
अनलाइन तथा डिजिटल प्रबिधिबाट सेवा सुचारुले स्थानीय सुशासन अभिवृद्धि गर्ने, स्थानीय सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउने तथा स्थानीय आर्थिक विकासका क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन् ।स्थानीय सरकारको डिजिटल अभिलेखिकरण तथा प्रतिवेदन परियोजना स्थानीय तहलाई आर्थिक विकास, सुशासन, सेवाप्रवाहमा प्रभावकारिता लगायतको विशेष क्षेत्रका लागि साझेदारी कोष आइपीएफ सहायक सिद्ध हुने बताएका छन ।
नवप्रवर्तन साझेदारी कोषको कार्यान्वयन सिस्टममा रहेको अन्यौलता अन्त्य गर्दै संघीयताको औचित्य पुष्टि गर्ने आधार समेत रहेको नगरपालिकाले जनाएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको नवप्रबर्तन साझेदारी कोष कार्यक्रमसंगको साझेदारीमा नगरपालिकाले डिजिटल प्रबिधि मार्फत सेवा सुचारु गरेको बडिमालिका नगरपालिका सूचना प्रबधि अधिकृत हेम थापाले बताए । पालिकामा नवप्रबद्धन कार्यक्रम मार्फत बडिमालिका नगरपालिकामा अनलाइन प्रणालीमा जोडिएको हो ।नवप्रबद्धन साझेँदारी कार्यक्रम मार्फत बडिमालिका नगरपालिका सबै वडा कार्यालय र केही बिद्यालयमा अनलाईन प्रबिधि बाट काम शुरु भएको हो ।परियोजनाले तालिम तथा अभिमुखीकरणका कार्यहरु, अनुगमन तथा मुल्याकंन, प्रबिधीमैत्री शिक्षाका साथै गुनासो सुनुवाई कार्यक्रमहरु संचालन गरि सोही अनुसार कार्यक्रमहरु संचालन गरिएको सूचना प्रबधि अधिकृत थापाले बताए ।
बिद्यालयहरुमा सिसि क्यामरा जडानका साथै मल्टिमिडिया प्रोजेक्टर सहयोग गरेको छ भने वडाहरुमा सोलार, कम्पुटर सर्भर सोलार ब्यकअप लगायतको प्रबिधी जडानको भएको प्रमुख प्रशासकिय अधिकृत रङ्गमल विकले बताए । बडिमालिका नगरपालिकाको ६० लाख र सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री परिषदको नवप्रवर्तन साझेदार कोषको १ करोड ४० लाखमा सो कार्यक्रम संचाालन भएको नगरपालिकाले जनाएको छ ।
नवप्रबद्धन कार्यक्रमको उदेस्य शुसासन, सार्बजनिक सेवा प्रवाह र स्थानिय आर्थिक बिकासका क्षेत्रमा काम गर्ने रहेको सुदुर पश्चिम प्रदेश मुख्यमन्त्री परिषद नवप्रवर्तन साझेदार कोषले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!