बाजुरा–बडिमालिका नगरपालिका ९ बस्ने बासमती थापाको ६ बर्षको छोरा शंकर डडाल उपचार काठमाडौमा भइरहेको छ ।
२ बर्ष देखी आर्थिक अभाबमा बिचल्लीमा परेका शंकरको काठमाडौमा रहेको मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ । उनि अलपत्र परेको समाचार बडिमालिका खबर, नेपाल टेलिभिजन, दि हिमालयन टाईम्समा प्रकाशित पछि अमेरिकन नागरिक व्गकतष्ल ँयिचभक को सहयोगमा उपचार शुरु भएको हो ।
शंकरको पहिलो अप्रेसन सफल भएर थप उपचार भइरहेको अस्पतालले जनाएको छ । उसको उपचारमा झण्डै ५ महिना बढी समय लाग्न सक्ने चिकित्सले वताएका छन् । उनको अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
शंकरको खुट्टा २ बर्ष देखी घाउ भएको छ, अस्पातलले रिफर गरेको भएपनि पैसा नहुदा अलपत्र अबस्थामा रहेका थिए । दि हिमालयन टाइम्समा शंकर अलपत्र परेको समाचार प्रकाशित पछि बाजुरा बाट शंकरको पुरै परिवार उद्धार गरेर उपचार शुरु गरेको अमेरिकन नागरिक व्गकतष्ल ँयिचभक ले बताएका छन् । उनको उपचारमा हुने सम्पुर्ण खर्च आफै सहयोग गर्ने उनले वताएका छन् ।
जिल्ला अस्पताल बाजुराले पटक पटक रिफर गर्दै आएको थियो । जिल्ला अस्पताल बाट अछामको बयलपाटा अस्पतालमा ७ पटक उपचारमा लगेका थिए । बयलपाटा अस्पतालमा पनि सञ्चो नहुने भन्दै धनगढी, नेपालगञ्ज, काठमाडौ रिफर गरेपनि पैसा नभएर घर ल्याउने गरेको बुवा दान बहादुर डडालले वताएका छन् । अहिले काठमाडौमा उपचार भइरहेको छ, सहयोग नपाएको भए छोरा उपचार अभाबमा मर्ने अबस्था भएको दानले वताएका छन् ।
शंकरको खुट्टामा घाउ पाक्ने गरेका छन् । जग्गा बेचेर अछामको बयलापटा अस्पताल सम्म उपचारमा लगेको थियौ, त्यहाँ ठिक भएन्, अन्यत्र लिन पैसा नहुदा उपचार हुन नसकेको आमा बासमती थापाले वताईन् । बासमती दुबै आँखा देख्न सक्दैनन् भने श्रीमान दान बहादुर अशक्क्त र राम्रो सँग बोल्न सक्दैनन् ।
बासमती छोराको साहारामा हिडडुल गर्ने गरेकि छन् । उनको ५ जनाको परिवार रहेको छ । श्रीमान र छोरा बिरामी सँगै उनको परिवारमा चरम खाद्य संकट भएको छ । श्रीमानले काम गरेर वा कसैले दिएपछि खाने गरेका थियौ, श्रीमान पनि अशक्त्त भएपछि खाद्यन्नको जोहो गर्न पनि निकै धौ धौ भएको बासमतीले वताईन् ।
बासमतीको छोरा शंकरको खुट्टामा घाउ पाकेर पिप बगिरहेको छ । आफु आँखा देख्दैन, अर्को पैसा छैन्, छोरालाइ उपचार गर्न लग्ने कुनै उपाय नभएको बासमति थापाले वताईन् । आर्थिक नभएपछि नत उपचार गर्न सकेकि छन्, नत खाद्यन्नको ब्यबस्थापन गर्न नसकेको बासमतीले वताईन् । चिकित्सकले पटक पटक काठमाडौ तथा सुबिधा सम्पन्न अस्पताल लग्ने भनेपनि पैसा नहुदा अलपत्र अबस्थामा रहदै आएका छन् ।
285 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs