बाजुरा: आइतबार 7 गते राति काेल्टिबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्बरकाे ट्याक्टर राति एघार बजे अनाइ खाेलामा दुर्घटना भयो । दुर्घटना भयको उक्त ट्याक्टर अनाइ खाेलाकै नदिमा रहेकाे छ भने चालक अझै बेपता रहेका छन । बर्षातको समयमा काेल्टि बाट मार्तडी आउदै गर्दा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर आठ बाउली अनाइ खोलामा उक्त ट्याक्टर दुर्घटना भयको हो । दुर्घटना भयको भोलिपल्ट सशस्त्र र नेपाल प्रहरी द्वारा खोजी कार्य गर्दा ट्याक्टर मात्र फेला परेको र ट्याक्टर चालक कैलाली जाेशिपुर ६ घर भएका डुबनारायण चाैधरि अझै फेला पर्न सकेका छैनन
दुर्घटना ट्याक्टर भने करिव २० मिटर तल ढुगांमा अड्कीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो ।सो ट्याक्टर डोटि जिल्ला घर भई हाल सदरमुकाम मार्तडीका होलसेल ब्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ ।











