युनिकोड    राशिफल    एफएम रेडियाे                        
670 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुरा= जिल्लाको बडिमालिका नगरपालिका वडा नं ७ जिल्लिमा गएको पहिरोका कारण आवतजावतमा निकै समस्या भएको छ । लगातारको बर्षातले गर्दा पहिरो धमाधम बग्न थालेपछि मानिसको आवतजावत मात्रै होइन यातायातका साधनहरु पनि ठप्प बनेका छन । मार्तडी कोल्टि सडकखण्ड अन्तर्गत पर्ने यो पहिरोका कारण कयौँ जिल्लि बासीहरु बिस्तापित बनेका छन कतिपयका घरजग्गा पहिरोले बगाएर लगेको छ भने कतिपयका घरजग्गा पहिरोको उच्च जोखिममा रहेका छन । पहिरो गएको करिब एक बर्षभन्दा धेरै भयो रोकिनुको साटो पहिरो झनझन बढिरहेको पहिरोका कारण दैनिक कामकाज गर्न,हिड्डुल गर्न बिद्यालय जान पनि निकै समस्या भएको स्थानिय उपेन्द्र जैशिले बताएका छन । जैशिका अन्ुसार यहि पहिरोका कारण आफ्नो घरजग्गा पनि बगेको र अझै जग्गाजमिन बग्ने जोखिममा रहेको बताएका छन । पहिरोबाट आफ्नो ठुलो धनजनको क्षेति भएको र अन्य स्थानियका घरजग्गा पनि बगाएर लगेको र कतिपयका घरजग्गा उच्च जोखिममा परेका जैशिले बताएका छन ।

रोडमाथिबाटै पहिरो धमाधम बगिरहेको छ रोड चिराचिरा परेर पुरै बिग्रिसकेको छ लगातार पानी पर्दा लेदो बगेर आवतजावत गर्न पनि निकै समस्या भएको छ ठाँउठाँउमा ठुलाठुला खाडल परेका छन वारपार गर्न पनि निकै समस्या रहेको छ । यतिमात्र होइन पहिरोका कारण स्थानिय जिल्लि बासीहरुको लाखौ करडौको क्षेति पनि भएको छ जग्गाजमिन पुरै बगाएर पहिरोभन्दा तलतिर बग्ने नदिमा पुर्याएको छ । मार्तडी कोल्टि सडकखण्ड कालोपत्रे गर्ने भनिएतापनि अझैसम्म पनि हुन सकिरहेको छैन कालोपत्रे सडकखण्ड भए अलि भएतापनि राहत मिल्ने जिल्लि बासीहरुले बताएका छन यो पहिरोको कारण जिल्लिबासीहर मात्र नभई पुरै वडाबासीहरुलाई सास्ती खेप्नु परेको छ यातायातका साधनहर नचल्दा सामानहरु पनि महंगीएका छन स्थानिय बासीन्दाहरु महंगीमै सामान किन्न बाध्य भएका छन । लगातार पहिरो धमाधम बग्न थाल्यो,मार्तडीबाट यातायातका साधनहरु आउन सक्दैनन सामानहरु पनि मार्तडीबाट बोकेर ल्याउनु पर्ने बाध्यता छ यता सस्तोमा बेचौ भने पनि आफु पनि घाटामा पर्ने भएका कारण सामान अलि महंगोमै बेच्न बाध्य रहेको एक चुथी ब्यबसायीले बताएका छन । पहिरो बाट कसै मान्छे लगाएर सामान वारपार गर्नुपर्ने हुन्छ तिनिहिरुलाई पनि श्रम गरेबापतको पैशा दिनै पर्ने हुन्छ त्यहि भएर पनि सामान महंगीएको उनले बताएका छन । पहिरोको कारण ब्यापारीहरु पनि निकै मारमा परेको उनले बताएका छन ।

यहि पहिरोका कारण जिल्लि बासीहरुलाई बढीजसो समस्या भएको देखिन्छ कतिपयका घरहरु बगाएर् लगेको छ कतिपयका घरजग्गा उच्च जोखिममा परेका छन पहिरो गएको एक बर्ष बितिसक्दा पनि कसैको ध्यान यसतर्फ नगएको जिल्लि बासीहरुले बताउदै आएका छन । चुनावको बेला ठुलाठुला आश्वासन देखाउने नेताहरु आजभोली गाँउमै देखिदैनन,चुनाव जित्नुभन्दा अगाडी जनताको आखाँमा छारो हालेर गाँउको बिकाश गछौ भनेर भोट मागेर जान्छन जब चुनाब जित्छन तब गाँउमै फर्केर हेदैनन गाँउका जनताका पिडाहरु जेनकातेन हुन्छन आफुहरु भने कुर्षिमा बेसेर रमिता हेरीरहेका हुन्छन भनेर जिल्लि बासीहरुले दुखेसो ब्यक्त गरेका छन । मार्तडी कोल्टि सडकखण्ड अन्तर्गत पर्ने यो पहिरोका कारण पुरै वडाबासीहरु निकै मारमा परेका छन । वडामा यहि पहिरो मात्र नभई सोहि वडाकै गोपीसेराको भिरबाटा भन्ने ठाँउमा पनि ठुलो पहिरो गएका कारण आवतजावतमा निकै समस्या भएको छ । तलबाट नदिले पहिरो कटान गरेपछि माथिबाटै पुरै पहिरो धमाधम बग्न थालेको छ । कतिपय घरबस्तीहरु पहिरोको उच्च जोृखिममा परेका छन कतिपयका घाँसेमेलाहरु बगाएर लगेको छ । पहिरोको कारण बिद्यालय जाने बिद्यार्थीहरु पनि निकै समस्यामा परेका छन बिद्यालय जाने बाटो एउटै थियो त्यहि बाटो बाढी र पहिरोका कारण भत्किदा अब बिद्यालय जाने बाटै नभएको ज्ञानोदय माविमा अध्ययनरत बिद्यार्थी भिम प्रशाद तिमिल्सेनाले बताएका छन ।

तिमिल्सेनाका अनुसार नदिले तलबाट पुरै बाटो कटान गरेपछि माथिबाट पहिरो धमाधम बगेर पुरै बाटोको नामनिशाना समेत मेटीएको दैनिक आवतजावतमा निकै समस्या परेको बताएका छन । बाटोमा हिडौ माथिबाट पहिरो आएर चेपिने डर नहिडौ दैनिक कामकाज गर्न रोकिने पहरिोको कारण गोपीसेरा बस्ती पनि जोखिममा परेको उनले बताएका छन । सबै स्थानिय मिलेर हालेका जालीहरु पनि नदिले बगाएर बगर बनाएको छ कतिपयका खेतहरु पनि बगाएर लगिसकेको र कतिपयका खेत उच्च जोखिममा रहेको बताइएको छ । वडाभरी सबै ठाँउमा धमाधम पहिरो बग्न थालेपछि वडाबासीहरुमा चिन्ताको बिषय थपिएको छ कुन दिन पुरै गाँउनै बगाएर लिन्छ भनेर स्थानियले दुखेसो पोखेका छन ।

जिल्लि पहिरोका कारण पुरै आवतजावत नै बन्द छ । अन्य वडाका ठाँउठाँउमा पहिरो बगिरहेको छ लगातार बर्षा आइरहँदा वडाभरीका बस्तीहरु नै उच्च जोखिममा परेका छन । जिल्लि पहिरोका कारण लक्ष्मि माध्यामिक बिद्यालय पनि उच्च जोखिममा रहेको छ पहिरोले एकाएक गहिरो गल्छि कटान गरेपछि बिद्यालय उच्च जोखिममा परेको छ लगातार बर्षा आउने र पहिरो बग्नेहो भने बिद्यालय पनि पहिरोले बगाउने देखिन्छ । बिद्यालयको तलतिर पुरै पहिरोले चिराचिरा परीसकेको छ । माथिबाट पहिरो आएर ठुलो गल्छि हुने हो भने बिद्यालय नै बगरमा परिणत हुने देखिन्छ । यहि पहिरोका कारण बिद्यालय आउने बिद्यार्थीहरु लाई निकै समस्यमा भएको दैनिक आवतजावतमा पनि निकै समस्या भएको आजभोली पहिरोले ठुलो रुप लिदाँ एकाएक बिद्यालयको भवन नै बिस्थापित हुने अवस्था देखिएको बिद्यालयका प्रधानाध्यापक लालचन्द्र जैशिले बताउनुभएको छ । पहिरोका कारण बिद्यालय धेरै दिनसम्म बन्द गर्न पनि बाध्यता रहेको जैशिले बताएका छन ।

जिल्ली पहिरोका कारण ठुलै समस्या स्थानिय वडाबासीहरुले भोगीरहेका छन । बेलाबेला पहिरोको लेदो डोजरले फालेतापनि रातभरीको बर्षाले गर्दा भोली बिहानसम्म उस्तै रहेको देख्न सकिन्छ पहिरोमा मान्छेहरु एकआपसमा वारपार गरीरहेका हुन्छन आधीलाई वारपार गरेर आधिलाई फेरी लिन आउनुपर्ने बाध्यता रहेको छ । यातायातको लागी पनि निकै समस्या भएको छ बाउलीबाट यातायातका साधन छिटफुट त्यहि पहिरोसम्म जान्छन पहिरो ठुलो भएका कारण वारपार गर्न नसकि त्यहि बाट फिर्ता हुने गर्दछन । पहिरोका कारण यातायात संञ्चालन गर्न पनि निकै समस्या भएको गाडीचालक हरुले बताउदखै आएका छन ।

पहिरो रोकथाम तथा नियन्त्रणको लागी यता बडिमालिका नगरपालिका पनि बेखबर बनेको पाइएको छ ।आफ्नै पालिका भित्र यति ठुलो पहिरो गईरहँदा पनि पहिरो पिडितको उद्धार तथा राहतको लागी पनि पालिकाले खासै चाँसो देखाएको पाइदैन करिब एक बर्ष भन्दा बढी भइसक्यो यो पहिरो गएको तर यसको रोकथाम नियन्त्रणको लागी भने पालिकाले कुनै पहल नगरेको स्थानियको भनार्य रहेको छ । जनप्रतिनिधि तथा पालिकाबाट मान्छेहरु जान्छन खाली हेरे मात्र फर्कन्छन केहि उपाय लाएर अब केहि कुरा उठालान भनेर आश मानेर बस्छौ तर केहि पनि आवाज नउठाइदिएको स्थानियहरुको भनाई रहेको छ । यसको रोकथाम तथा नियन्त्रणको लागी चाँडोभन्दा चाँडा पहल,समन्वय तथा सहकार्य गर्न स्थानिय बडाबासीहरुले जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!