युनिकोड    राशिफल    एफएम रेडियाे                        
245 पटक पढिएको

बाजुरा=  बाजुरामा राष्ट्रिय प्रशारण केन्द्रको बिजुली दिउँसो प्राय नियमित नआउदा दैनिक कामकाजमा समस्या भएको छ । राति केही समय आउने भएपनि दिउसो भने अनियमित हुने, आउने जाने भइरहदा दैनिक कामकाजमा समस्या हुने गरेको छ ।

राष्ट्रिय प्रशारण केन्द्रको बिजुली बाजुराको सदरमुकाम मार्तडी लगायत केही स्थानिय तहका गाउँमा बिस्तार रहेको छ । सदरमुकाम मार्तडीमा बत्ती आउने जाने भएकाले सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सेवा प्रवाहमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले वताएउनु भएको छ ।

जिल्लाका केहि सरकारी कार्यालयमा सोलार भएपनि धेरैजसो कार्यालयहरुमा सोलार नभएकाले बत्ती नहुँदा सेवा प्रवाह नै ठप्प हुने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन । मार्तडीमा रातभरि बत्ती आउने भएपनि बिहान उज्यालो हुने बित्तिकै बत्ती जाँदा सेवा प्रवाहमा समस्या हुने गरेको स्थानिय बल बहादुर रोकायाले वताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा पनि सोलारले काम नगर्ने भएकाले बत्ती जाने बित्तिकै सम्पुर्ण कामकाज रोकिने गरेको बताइएको छ । जिल्लाका टाढा टाढा ठाउँबाट पासपोर्ट, नागरिकता लगायतका कामका लागि प्रशासन आउँछन तर बत्ती नहुँदा कामकाजमा निकै समस्या भएको प्रजिअ खड्काले बताउनुभएको छ । टाढाटाढाबाट कामको लागी आँउछ तर सदरमुकाममै बत्ती आउने जाने हुदाँ दैनिक कामकाजमा प्रभाव परीरहेको सेवाग्राहिले वताएका छन् । जिल्ला प्रशासन कार्यालयले भने कामकाजलाई निरन्तरता दिन कार्यालयमा सोलार जडानको तयारी थालेको जनाएको छ । दिनभर बत्ती नहुँदा सदरमुकामका सबै कार्यालयहरुमा कामकाज ठप्प जस्तै हुने गरेको छ ।

राष्टिय प्रशारण लाइन बिस्तार नुहनु भन्दा पहिला सदरमुकाममै त्रिबेणी साना जलबिद्युतबाट बिद्युत संञ्चालन गरीएको थियो तर यसरी आउने जाने चाहि हुदैन थियो बर्षातको समयमा अलि बिग्रिने भएपनि बिजुली अन्य बेला निरन्तर आइरहन्थ्यो जब राष्टिय लाइन जिल्लामा आयो तब यताको जलबिद्युतलाई पनि निरन्तरता दिन छोडीयो लगातार निरन्तरता नदिदा नहर ठाँउठाँउमा भत्किएर सखाप भयो आजभोली पानी हाल्नै नहुने अबस्था आयो राष्टिय लाइन जाँदा पनि यसले काम गर्थो तर त्यहि आशा पनि मरेको सदरमुकाम बासीहरुले बताउदै आएका छन । यस बिद्युत नहरको पुन निमार्णको लागी पनि कुनै पहल भएको देखिदैन नहर आजभोली फोहर बग्ने नालीको रुपमा परिणत भएको देखिन्छ राष्ट्रिय लाइन गएको बेला यसले काम गर्थो त्यो आशा पनि देखिदैन नियमित बिजुली बत्ति आउने जाने गर्दा सदरमुकाम लगायत अन्य आसपासका क्षेत्रमा दैनिक कामकाज निकै प्रभावित हुने गरेको छ ।

राष्ट्रिय प्रशारण लाइनकै भरमा नपर्न र सदरमुकामकै जलबिद्युत नहर पुन संञ्चालनमा ल्याउन सदरमुकाम बासीहरुले नगरपालिकालाई अनुरोध गर्दै आइरहेका छन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!