युनिकोड    राशिफल    एफएम रेडियाे                        
301 पटक पढिएको

बाजुरा– माध्यामिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि पुरक परिक्षाका लागि बाजुराबाट १२ सय ७९ बिद्यार्थीहरु सहभागी हुने भएका छन । गत चैत्र १७ गतेबाट सञ्चालन भएको एसईई परिक्षा दिई केहि विषयहरुमा उर्तिण हुन नसकेका र ग्रेडवृद्धि गर्न चाहने बिद्यार्थीहरु सहभागी हुने भएका छन । जिल्लाभरिका ५ सय ७५ जना छात्र र ७०४ जना छात्रा गरेर कुल १२ सयबढि बिद्यार्थीले ग्रेडवृद्धि पुरक परिक्षाको फर्म परेका शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ ।

बाजुरा जिल्लाभरका ५४ वटा बिद्यालयका छात्र छात्रा ग्रेडबुद्धि परिक्षामा सहभागी हुदै छन । गत असार २३ मा सार्वजनिक भएको एसईई परिक्षाको नतिजाले बाजुरामा सबै भन्दाबढि गणित र अङग्रेजीमा अनुउर्तिण भएका देखिएको र पुरक परिक्षाका लागि पनि सबै भन्दा बढि बिद्यार्थीले गणित बिषयमा नै फर्म भरेका शिक्षा विकास तथा समन्वय ईकाइ बाजुरामा कार्यरत प्राविधिक सहायक ममतापाल सिंहले बताएकी छन ।जिल्ला सदरमुकाम मार्तडीमा हुने उक्त पुरक परिक्षाको तयारी लगभग अन्तिम चरणमा पुगेको उनले बताइन् । एसईईको पुरक परिक्षा यहि साउन २६ र २७ गते बिहान ८ बजेदखि ११ बजेसम्म देसभर हुदैछ । पुरक परिक्षाको अघिल्लो दिन अर्थात साउन २६ गते सानो कोड भएका बिषयहरु हुने छन ।

तर एउटै बिषय मात्रै दिनेहरुका लागि जुनसुकै बिषय भएपनि सोहि दिन हुनेछ भने पछिल्लो दिन २७ गते ठुलो कोड भएका बिषय हुने भएका छन ।त्यस्तै मार्तडीमा हुने पुरक परिक्षाका लागि पाँच ओटा परिक्षा केन्द्रहरुसमेत तोकिएका छन । जसअनुसार क र ख मालिका मावि, ग क्रेटरजोन एकेडेमी, घ बाजुरा क्याम्पस र ङ बालमन्दिर आधारभूत बिद्यालयहरुलाई परिक्षा केन्द्र तोकिएको शिक्षा कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!