बाजुरा = जिल्लाको हिमाली गाउँपालिका सामाजिक विकास संयोजक जोख्या भण्डारीको नेतृत्वमा बिधालय र स्वास्थ क्षेत्रमा अनुगमन गरिएको छ।बिधालय र स्वास्थ क्षेत्रलाई गुणस्तर सेवा प्रदान गर्ने हिमाली गाउँपालिका सामाजिक विकास संयोजक भण्डारीको टोली सहित सदस्य मोहनजंग शाही, दल बहादुर मल्ल, तिलक रोकाया शिक्षा युवा तथा खेलकुद शाखा कम्प्युटर अप्रेटर कर्ण बहादुर रावल, लेखा सहायक जयप्रकाश पाण्डे र धुलाचौर आधारभुत सेवा केन्द्रका अहेव लक्ष्मण बहादुर बिष्ट सहितको टोलि साउन २५ गतेबाट अनुगमन कार्यमा लागिपरेका संयोजक भण्डारी बताउनुभयो।
गाउँपालिका भित्रका २२ वटा बिधालय मध्ये वडा नम्बर ४,६ र ७ का वडामा ७ वटा बिधालयमा पुगेर अनुगमन गरिएको छ। बिधालय भएको गतिविधि लगायत बालबालिका पठनपाठन लाई मजबुत र गुणस्तर बनाउन बिधालयमा गएर बिधालय व्यवस्थापन समिति प्रधानाध्यापक सहित शिक्षक बिच अन्तरक्रिया बहस गरेर थप राम्रो बनाउन कसरी अगाडी बढ्ने लगायत बिषयहरुमा छलफल भएको बतायएको छ । बिधालयमा बालबालिकालाई कसरी गुणस्तरीय शिक्षा दिने बिद्यालयको भौतिक सेवा सुबिधा थप सुधार गर्नेका लागि के कस्ता उपायहरु अपनाएर अगाडी बढ्ने लगायत कुराहरुमा पनि छलफल भएको छ ।
पालिकामा २२ बिधालय मध्य १५ वटा शिक्षा संस्थामा अनुगमन गर्न बाकी रहेकोे ठाउँमा निरन्तरता दिइने भएको छ। स्वास्थ र शिक्षा क्षेत्रमा विशेषगरी पालिका पहिलो प्राथमिकता दिएर नयाँ आर्थिक वर्ष लागे संगै वडामा सरकारी बिधालय र स्वास्थ संस्था क्षेत्रहरुमा अनुगमन गर्ने काम गरिरहेका छौँ। विगत समय भन्दा अबको सामाजिक बिकास मुख्य क्षेत्रलाई राम्रो र मजबुत संगै गुणस्तरीय बनाउने तरिकाले टिम रातदिन नभनी खटिएका संयोजक भण्डारीले बताएका छन। गाँउपालिका स्थानियले शिक्षा र स्वास्थ संस्था बाट पाउने सेवा सुबिधा थप प्रभावकारी बनाउनका ला लागिपरेको शिक्षा युवा तथा खेलकुद शाखा कम्प्युटर अप्रेटर कर्ण बहादुर रावलले बताउनुभएको छ ।