बाजुराः चर्च अफ लर्ड ग्रेस बाजुराले आर्थिक अबस्था न्युन भएका बडिमालिका नगरपालिका ७ सरस्वती टोल र ढम्कने टोलका दश घर परीवारलाई राहत बितरण गरीएको छ । आर्थिक अबस्था न्युन भएका एकल महिला दलित बिपन्न पिडित परीवारलाई राहत बितरण गरेको छ । चर्च अफ लर्ड ग्रेस बाजुराले जिल्लाका बिभिन्न ठाँउमा रहेका असहाय,दुखी पिडत परीवारलाई राहत बितरण गर्दै आइरहेको छ । आज बडिमालिका सातका दश घरपरिवारलाई राहत स्वरुप १ कट्टा चामल,नुन,तेल,चिनि,दाल,कम्बल,साबुन लगायत अन्य सामाग्रीहरु बितरण गरेको छ । बर्षातको समयमा यसरी सहयोग स्वरुप बिभिन्न सामाग्री राहत दिएकोमा स्थानियले धन्यबाद समेत दिएका छन । करिब बिस तिस हजारको लगानीमा राहत बितरण गरीएको बताइएको छ । जिल्लाका अँन्य ठाँउका असहाय,दुखी,पिडित ब्यक्तिका घरपरिवारलाई पनि राहत प्रदान गरीने चर्च अफ लर्ड ग्रेस बाजुराले जनाएको छ । परमेश्वरको अनुग्रहको मण्डलको रुपमा चिनिने चर्च अफ लर्ड ग्रेस बाजुराले बिगत लामो समय देखि समाजिक कार्य गर्दै आइरहेको छ ।











