युनिकोड    राशिफल    एफएम रेडियाे                        
798 पटक पढिएको

गाेबिन्द्र राज तिमल्सेना,बाजुराः   जिल्लाको धार्मिक तथा पर्यटकिय स्थलको धरोहर बडिमालिका क्षेत्रमा हुम्ला घर भएका दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी गगन बहादुर हमालसंगै उनका ११ महिने छोरा संयोग हमालले बडिमालिकाको दर्शन गर्न पाएका छन । पर्यटकिय स्थल बडिमालिकाको दर्शन गर्दा मनको इच्छा चाहना पुरा हुने,मागेको बर प्राप्त गर्न सकिने धार्मिक बिश्वास रहेकाले आफुले पनि मनको इच्छा चाहना प्राप्त गर्नको लागी आफु लगाएत आफ्नो ११ महिने छोराले बडिमालिकाको दर्शन गरेको प्र.जि.अ. हमालले बताएका छन ।आफ्नो ११ महिने छोरा साथमा लगेर बडिमालिकाको दर्शन गरेको प्र.जि.अ.कि श्रीमति सबिना थापा हमालले बताएकी छन ।

आफ्नो तिनै घरका सदस्य बडिमालिकाको दर्शनको लागी गएको उहाँले बताइन । अन्य ब्यक्तिलाई हरेक समस्या देखिएतापनि आफ्नो साथमा रहेको नाबालक शिशुलाई भने केहि पनि नभई सकुशल बडिमालिका दर्शन गरी फर्किएको उहाँले बताएकी छन । नाबालक शिशु लगेर बडिमालिका दर्शन गरेको यो पहिलो रेकर्ड पनि भएको छ ।भगवानको कृपाले आफ्नो नाबालक शिशुलाई केहि नभई शकुशल जस्तो लगेका थियौ उस्र्तै ल्याउन सफल भएका छौ नाबालक शिशुका बुबा प्र.जि.अ. हमालले बताएका छन । साँच्चै यति सानो बालकलाई त्यस्तो ठाँउमा पुर्याउदा पनि केहि नभई सकुसल ल्याउन पाँउदा भगवानले पनि साथ दिएको र संसारमा भगवानको पनि ठुलो महिमा रहेको उहाँले बताएका छन ।

यहि गत भाद्र १० गते बडिमालिकाको दर्शनको लागी जिल्लाबाट सरकारी टोलीसहित अन्य जिल्ला कैलाली, डडेलधुरा, डोटी , दाचुर्ला, बझाँङ्ग, अछाम, बाजुरा, जुम्ला, कालीकोट, काठमाडौँ, भारतको गडवाल, सिक्कीम, लगायतका विभिन्न ठाँउबाट भक्क्तजनहरु बडीमालिको दर्शन गर्नको लागी आउने गर्छन । जिल्लाका चार शक्ति पीठमा एकै दिन पूजा लाग्ने गर्छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेका बडीमालिका, बुढीनन्दा, बडालेख र शुनन्दामा एकै दिन अर्थात साउन पूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गरेको छ ।शक्तिका रुपमा रहेका धार्मिक पीठमा आआफ्नै तरिकाले पूजा आरधना गर्ने गरिन्छ ।

धार्मिक परम्परा अनुसार बडिमालिकाको दर्शन गरे मनको इच्छा चाहना पुरा हुने जनबिश्वास रहेको छ । धार्मिक पौणाणिक कथा, अनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष, प्रजावतिले यज्ञ गर्ने समयमा महादेवलाई नवोलाएको र सति देवी ले दक्ष प्रजापतिको यज्ञ, स्थलमा गएर पितासित आफ्नो पति महादेवलाई किन नवोलाएको कारण सोधेकी थिईन, उक्त समयमा दक्ष, प्रजावतिले भनेका थिए , महादेव, भाङ्ग, धतुरो, खाने सम्सान घाटमा बास बस्ने, धाँटीमा सर्पको माला लगाएर जटाधारी कपाल पालेको भेषमा रहने शरिरमा खरानी घस्ने बाघको, छाला, लगाएर बस्ने, शोभाव नभएकालाई आफ्नो यज्ञमा नबोलाएको बताए । दक्षले त्यस्तो उत्तर दिएपछि सतीदेवीले आफ्नो पतिलाई हेला गरेको भन्दै सतीदेवीले यज्ञ कुण्डमा हामफालेर देह त्यागेकी थिएन् ।

सतीदेवीको विलापमा परेका महादेवले सतीदेवीको मृत लास पिठीउँमा बोकेर हिडेका महादेव जहाँ सतिदेवीको अंग पतन भयो त्यहाँ त्यहाँ शक्क्ति पिठको स्थापना भएकाले बडीमालिकामा पनि सतीदेवीको अंग पतन भएकाले बडीमालिकामा शक्ति पिठको रुपमा स्थापित भएकी हुन भन्ने धार्मिक जनबिश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!