बाजुराः नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहको २६ औं स्मृति दिवस मनाएको छ । एक औपचारिक कार्यक्रमका बिच पार्टी कार्यालय बिपी स्मृति भवन मार्तडी बाजुरामा स्मृति दिवस मनाइएको हो । लौहपुरुष गणेशमान सिंहको स्मृति दिवसमा स्वर्गीय सिंह प्रती श्रद्धाञ्जली व्यक्त गर्दै उनको फोटोमा माल्याम्पण गरि दिवस मनाएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले जनाएको छ ।
कार्यक्रममा सहभागी नेताहरुले उहाँ प्रती श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेसले गणेशमान सिंहको त्याग तपस्यालाई स्मरण गर्दै लौहपुरुष गणेशमान सिंहले देखाएको बाटोमा हिँड्ने प्रयत्न कांग्रेस नेताहरुले गर्नुपर्नेमा जोड दिएका छन् । उनले नेपाली जनताको हित र राष्ट्र र राष्ट्रियता प्रती गरेको योगदान उल्लेखनीय बताउदै अहिलेका कांग्रेसले लौहपुरुष गणेशमान सिंहबाट राजनीतिक,सामाजिक, र नैतिक दृष्टिकोण सिक्नुपर्ने बताएका हुन् । नेपाल र नेपाली जनताका लागि जस्तोसुकै कदममा पनि तत्कालीन समयको निरंन्कुश राणा शासनका विरुद्ध निदर भएर लड्ने र प्रजातन्त्र स्थापनका लागि गरेको योगदान अबिस्मरणिय योगदानको उच्च कदर बर्तमान समयका कांग्रेस हुनुपर्ने नेताहरुको भनाई थियो । कार्यक्रमका वक्ताहरूले गणेशमान सिंहको त्याग र नेपाली जनताको हितका लागि गरेको संघर्षको प्रसंशा गरेका थिए भने वर्तमान समयका कांग्रेसले लौहपुरुष गणेशमान सिंहबाट केही सिक्नुपर्ने बताएका थिए ।
एक औंपचारिक कार्यक्रमका बिच नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका उपसभापति पदम बडुवालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अथिती निवर्तमान पार्टी सभापति कविराज पण्डित रहनु भएको थियो । कार्यक्रममा बिशिस्ट अथिती प्रदेश सभा सदस्य जुना दानी, जिल्ला कार्य समिति सदस्य देव बहादुर रोकाया रहनु भएको थियो । कार्यक्रममा अथिती नेपाली कांग्रेस बडीमालिका नगर कार्यसमिति सभापति गोपाल कार्की, नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, बडीमालिका वडा न । ८ का वडा कार्यसमितिका सभापति वीर बहादुर थापा, नेविसंघका केन्द्रिय सदस्य, भरत बुढा, नेविसंघ जिल्ला अध्यक्ष जनक थापा रहनु भएको थियो । कार्यक्रममा अन्य पार्टीका नेता कार्यकर्ता वडा, पालिका, जिल्ला प्रदेश कार्यसमितिका पधातिकारी, भातृ संघका प्रमुख एवम् प्रतिनिधि सुभेच्छुक सस्थाका प्रमुख एवम् प्रतिनिधि, लगायत कांग्रेस प्रती आस्थावान नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।











