युनिकोड    राशिफल    एफएम रेडियाे                        
245 पटक पढिएको

बाजुरा, बुढीनन्दा नगरपालिकाले बिभिन्न कार्यक्रम गरी तीज समापन तथा संबिधान दिवस मनाएको छ । दिवसको अवसर पारी नगरपालिकाले अगुवा महिलाई सम्मान गरेको छ । समाज परिवर्तनको क्षेत्रमा अगुवाई गर्ने बिभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलाई सम्मान गरीएको बुढीनन्दा नगरपालिकाका प्रबक्ता जंगवीर रोकायाले बताउनुभयो । नगरपालिका भित्रका बिभिन्न क्षेत्रबाट योगदान पुर्याएका ७० जना महिलालाई सम्मान गरीएको छ । समाजसेवा, पत्रकारीता राजनितिक क्षेत्रबाट नगरको योगदान गरीरेकामा नगरपालिकाले सम्मान गरेको हो ।साथैं नगरपालिकाले भदौं ३० गते सम्मपन्न भएको तिज बिषेश खुल्ला नृत्य प्रतियोगिताको पुरस्कार समेत बितरण गरीएको छ ।

प्रतियोगितामा बिभिन्न स्थान ल्याउने समुह र सहभागी समुहलाई नगद सहित प्रमाणपत्र प्रदान गरीएको नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले बताउनुभएको छ । नगरपालिकाको दश वटै वडाका २८ महिला समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम भएको बजार ब्यबस्थापन समितिले नगद १५ हजार सहित प्रमाण्पत्र पाएको छ । त्यस्तै द्धितृय स्थान ल्याएको बुढीनन्दा नगरपालिका १ को सेरकोट महिला समुहले १० हजार नगद प्रमाणपत्र पाएको छ भने तृतिय स्थान ल्याउने बुढीनन्दा नगरपालिका ३ को बड्डाला महिला समुहले ५ हजार नगद सहित प्रमाणपत्र पाएको छ । प्रतियोगितामा सहभागि २५ टिमलाई नगद दुई हजार सहित प्रमाणपत्र प्रदान गरीएको उपप्रमुख बोहराले जानकारी दिनुभएको छ ।

नगरको बिकास संगै हरेका कुरामा नगर सरकार जनताको साथमा रहेको नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा संचालन भएको कार्यक्रको प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य दयाल बहादुर शाही रहनुभएका थियो । कार्यक्रममा हुम्ला जिल्लाका समन्वय प्रमुख शिवराज जैशी, हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिष्ट अतिथि रहनुभएको थियो । त्यस्तै कार्यक्रममा बुढीनन्दा नगरपालिकाका उप प्रमुख रामबहादुर बोहरा, जगन्नाथ गाउँपालिकाका उपाध्यक्ष मरुकला बिष्ट, हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला शार्की, नेकपा एमाले बुढीनन्दा नगरपालिकाका ईन्चार्ज राजन रोकाया लगाएत अतिथि रहनुभएको थियो । बुढीनन्दा नगरपालिका ३ का वडाध्यक्ष तथा नगर प्रबक्ता जंगवीर रोकायाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन महेश कार्कीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!