बाजुराः साहित्यकार भेषराज बुढाथोकीको अडियो बुक (ईबुक) ‘छुटेपछि’ सार्वजनिक भएको छ। बुढाथोकीले हिजो (बुधवार) असोज ३ गते अर्थात् संविधान दिवसको अवसर पारेर आफ्नो पहिलो अडियो बुक ‘छुटेपछि’ सार्वजनिक गरेका हुन्।बुढाथोकीका अनुसार छुटेपछिभित्र केही कथा र केही संस्मरणहरू सङ्ग्रहित रहेको बताइएको छ । उक्त अडियो बुकमा श्रव्य सामग्री करिब २ घण्टा १९ मिनेटको रहेको छ। हाल एमविविएस अध्ययनका क्रममा बंगलादेशमा रहेका बुढाथोकीका कथामा बंगलादेश र नेपालका याद तथा भोगाइ समेटिएको छ। बुढाथोकीका शब्दलाई अञ्जु(रेडियो भित्रकी केटी)ले वाचनमा गरेकी छन्। प्रि–बुकमै राम्रो बिक्री भएको उक्त बुक आज सार्वजनिक भएपछि झनै राम्रो माग भएको लेखक बुढाथोकीले जानकारी दिएका छन्। सार्वजनिक भएपछी पनि धमाधम बिक्रि भइरहेको उनले बताए । उनको अडियो बुक सुनेपछी ठुलठुला साहित्कारहरुले पनि सकरात्मक प्रतिक्रिया दिएका छन् । उक्त अडियो बुकका लेखक ब्ुढाथोकीको प्रश्ांसा समेत धेरैले गरिहेका छन् । यस अघि पनि उनका लेख रचनाहरु पढेकाहरु अहिले अडीया ब्क छेटेपछी खोजि खोजि सुन्ने प्रयास गरिहेका छन् । बाजुराको दर्गम गाँउमा जन्मिएका बुढाथोकीले अडियो बुक भित्र समेटेका शव्दहरुले सवैलाई चकित बनाएको छ। कल्पना गरे भन्दा राम्रो भएको प्रतिक्रिया अडियो बुक सार्वजनिक पछी पाइएको उनको भनाई । यो अडियो बकले थप साहित्य क्षेत्रमा अभिप्रेरित गरेको र फेरिपनि निरन्त्रता दिनुपर्छ भन्ने खालको मनोवल पढाएको पनि उनले बताएका छन् । साहित्यकार भेषराज बुढाथोकी बाजुरा जिल्लाको खप्तड छेडेदह गाँउपालिका ५ डागडीका हुन् । उनि लामो समय देखी नेपाली साहित्य बिधामा कलम चलाउदै आएका छन् । साहित्यका बिभिन्न बिधामा कलाम चलाउने उनि हाल बङ्गलादेशमा अध्यनन् गरिरहेका छन् । पछिल्लो समयमा सहहित्य क्षेत्रमा चर्चा कमाउन समेत सफल छन् । बिभिन्न सञ्चार माध्यममा उनका रचनाहरु प्रकाशन हुने गरेका छन् । उनि पछिल्लो समयका नयाँ पुस्ताको साहित्कार मध्यको सबैकको रोजाइमा पर्न सफल छन् । कथा, कविता, गजल मुक्तक, नाटक, लेख, आदी बिधामा उनले कलम चलाउने गरेका छन ।











