बाजुराः प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा रेडियो बाजुराका प्रबन्धक कृष्ण ओली पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार ओलीलाई युवा पत्रकार पुरस्कारबाट पुरस्कृत गरेको हो ।हिजो सनिबार आयोजित एक कार्यक्रममा विच ओली सहित १९ जना पत्रकार युवा पत्रकार पुरस्कारबाट पुरस्कृत भएका हुन ।प्रेस काउन्सिल नेपालको ५४ औं बार्षिक उत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेको उपस्थितिमा भएको कार्यक्रमा सुदुरपश्चिम प्रदेशबाट श्याम भट्ट, मीन ठकुरी, नरेन्द्र कार्की, चाँदनी आचार्य लगाएतका पत्रकार पुरस्कृत भएका हुन ।
पत्रकार ओली आर्थिक सामाजिक तथा राजनैतिक सास्कृतिक विषयमा कलम चलाउन अब्बल युवा पत्रकार हुन । पत्रकार ओली रेडियो बाजुराका प्रबन्धक, नागरिक दैनिकका बाजुरा सम्वाददाता सुदुर संसार अनलाईनका संचालक र प्रेस चौतारी नेपालका सुदुरपश्चिम प्रदेश अध्यक्ष समेत हुन ।











