मिन बहादुर खड्रका,बाजुराः जिल्लाकाे जगन्नाथ गाउँपालिका वडा. नं. ३ कर्णाली करिदोर अन्तरगतको बेर्नामा मिनी ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सुर्खेतबाट खाद्यान्न सामान बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश (०२(००१६( ०५५७ नम्बरको मिली ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक भण्डारीका अनुसार ट्रक सडक खण्डबाट अन्दाजी दुई सय मिटर तल खसेको बताइएको छ ।
दुर्घटनामा चालक दैलेखको आठबिस नगरपालिका ४ का अन्दाजी ३६ वर्षीय देबिराम सिजापती गम्भीर घाइते भएका छन् । उनको खुट्टा भाचिएको र टाउकोमा समेत चोट लागेको प्रहरी निरीक्षक भण्डारीले बताए । उनको अवस्था गम्भीर रहेको पनि प्रहरी निरीक्षक भण्डारीको भनाई छ । चालक संगै घाइते भएका सहचालक दैलेखको दुल्लु नगरपालिका २ का अन्दाजी १८ वर्षीय अर्जुन विक र अन्य एक जना जाजरकोट बिरेन्द्र नगर नगरपालिका १२ का अन्दाजी २२ वर्षिय मोहन घर्तेर मगर पनि सोही ट्रक पनि सवार रहेका थिए । उनी पनि घाइते भएका छन् ।
सह(चालक सहितका अर्का एक जनाको अवस्था सामान्य भए पनि चालकको भने अवस्था गम्भीर रहेको घटना स्थलतर्फ खटिएको प्रहरीको भनाईलाई उदृद गर्दै प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् । दुर्घटना के कति कारणले भएको भन्ने जानकारी आउन भने बाँकी रहेको छ । प्रहरीको टोली घटनास्थल तर्फ खटिएर प्रहरीले घटना स्थलबाट उद्धार गरि उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले ल्याइएको प्रहरीले जनाएको छ । उपचारका लागि अस्पताल सम्म घाइतेहरुलाई ल्याएर आएको प्रहरीको टोली कोल्टी पुग्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् ।











