बाजुराः जिल्लाको स्वमिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ का सागर धामिले चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीपमा दोस्रो स्थान हासिल गरेका छन।काठमाडौ भएको चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीप २०२३ को नेपाल भारत र बङलादेशका हरेक स्टेट बाट भागलिएका खेलाडी हरु सङ्ग खेल खेल्दै बाजुरा जस्तो ठाउँबाट ६३ के.जी. अन्डर वएटमा दोस्रो स्थान हात पार्न सफल भएका छन्।उक्त खेलमा विभिन्न ठाउँ बाट खेलाडी बाग्लो उपस्थिति थियो खेलमा उनले भातर बङ्गलादेशलाई हराउदै सेमिफाइनलमा पुगेका धामि नेपालकै खेलाडी संग हार ब्यहार्नु पर्याे बाजुरा जस्तो ठाउँ बाट चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीप २०२३ को दास्रो स्थान आउनु संगै मेडल हात पार्न सफल भएका छन। धामी आफ्नो मात्र नभई जिल्लाको बाजुराको पहिचान समेत दिएका छन ।











