असोज,८ मिन बहादुर खड्कार बाजुराः नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिब भरत थापाले एकपटक देशभर नेपाली कांँग्रेस र नेकपा एमाले मिल्नुपर्ने बताउनुभएको छ । रेडियो पौरखीको पौरखी बहस कार्यक्रममा बोल्दै थापाले मुलकमा स्थिरता कायम गर्न,अर्थतन्त्रमा सुधार गर्न समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पूरा गर्न एकपटक मिल्नैपर्ने आवस्यक देखिएको भएपनि कांग्रेसले त्यो कुरा नमानेको थापाको भनाई थियो। थापाले देशभर मुलकको समृद्धिका लागि एकपटक नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो। सान दलहरूको पतनका लागि यो भन्दा अर्को विकल्प नरहेको थापाको भनाई थियो । बाजुराको विकासका लागि पनि सबै राजनीति दल एक ठाउँमा उभिनुको अर्को विकल्प नरहेको थपाले आल्याउनु भएको छ ।
नेकपा एमालेले बिगतका कमिकमजोरीहरु सच्याएर जनतामाझ गएको र मिसन अभियानको डौडानमा रहेको बताउनुभयो । पार्टीका कमिकमजोरी नै छैनन् भनेर भन्न सकिने अवस्था नरहेको बताउदै थापाले बिगतका कमजोरी सच्याउदै सिक्दै मिसन ८४ को अभियानमा जुटेको बताउनुभयो ।
२०७९ मा आएर जिल्लाका ६ वटा पालिका आफुहरु जित्न सफल भएको बताउदै उहाँले एमाले नेतृत्वको सरकार भएको पालिकामा प्रसंशा गर्न लायकक काम भएको बताउनुभयो । सचीव थापाले यस्तो बताएपनी यता एमाले नेतृत्वको सरकार भएका पालिकाहरुको बिषयमा समय समयमा चर्को आलोचना भने हुँदै आएको छ । जनप्रतिनिधिहरु राजनीतिकरणमा बढी केन्द्रित भएको आरोप समेत प्रतिपक्षी दलका नेताहरुले लगाउने गरेका छन् । तर सचीव थापाले भने राजनीति पुर्वाग्रह राखेर गर्ने बाहेकको अर्को बिरोध नभएको बताउनुभयो । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजित हुनुको पछाडीको कारण बारे बताउदै उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई एमालेले निर्वाचनका रुपमा नलिएको जिकिर गर्नुभयो । आगामी ८४ मा हुने निर्वाचनमा ६ वटा पालिका भन्दा बढी जित्ने संकल्पका साथ जनताको घरदैलोमा आफुहरु सरिक भएको बताउनुभयो ।
८४ मा हुने निर्वाचनमा देशभर ५१ प्रतिशत मत नेकपा एमालेले ल्याउने गरि देशभर घरघरमा एमाले जनजनमा एमाले मिसन ८४ अभियान निरन्तर चलिरहने बताउनुभयो । अहिले मिसन ८४ को सुरुवातीमा रहेको बताउदै बाजुरामा पहिलो चरणको जनता संगको भेटघाट कार्यक्रम मात्रै सकिएको बताउनुभयो । आगामी मंसिरमा हुन लागेको एमाले जिल्ला कमिटी बाजुराको आठौं जिल्ला अधिबेशनका विषयमा बोल्दै उहाँले बिगततका अधिबेशन जस्तै सभ्य र भब्यताका साथ अधिबेशन सम्पन्न हुने बताउनुभयो । लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट नयाँ नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा आफुहरु रहेको बताउदै उहाँले नेकपा एमालेको संगठित सदस्यको हैसियतले आफ्नो पनि उम्मेदवारी रहने सक्ने बताउनुभयो ।











