काठमाडौंः सदनमा दर्ता गरिएको बिद्यालय शिक्षा विधेयकको विरोधमा जारी आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका शिक्षक सवार गाडी सिन्धुलीको सुनकोसीमा दुर्घटना भएको छ।दुर्घटनामा ११ जना शिक्षक घाइते भएका छन्। बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटार नजिक गाडी पल्टिदा ११ जना शिक्षक घाइते भएका सिन्धुली प्रहरीले जनाएको छ। सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी शुक्रबार बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर सिन्धुलीको कमलामाई नगरपालिका–६ का ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका–५ का ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका–१ का ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताएका छन ।











