धनगढीः कैलालीको धनगढीमा करिब तीन हजार कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाइएको छ।धनगढीमा धनगढीमा सबैभन्दा बढी छाडा कुकुरको बिगबिगी देखिएपछि रेबिज विरुद्ध खोप लगाउने काम भएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले धनगढी उपमहानगरपालिकासहित कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा छाडा र घरपालुवा गरी पाँच हजार कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाएको हो।
सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा करिब तीन हजार कुकुरलाई खोप लगाइएको छ। छाडा कुकुरको बिगबिगी बढेको र कतिपय हिँड्डुल गर्ने मानिस, अन्य कुकुर र जनावरलाई बौलाहा कुकुरले टोकेर रेबिज भएको पाइएपछि सप्ताहव्यापी खोप अभियान थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर हेमराज अवस्थीले बताएका छन।











