युनिकोड    राशिफल    एफएम रेडियाे                        
298 पटक पढिएको

मिन बहादुर खड्का बाजुराः  देउडा गायक तथा सर्जक राजेन्द्र रावतको ए हुलाकी दाईू नामक लोक दोहोरी गीत सार्वजनिक भएको छ । सोमबार बिनोद घिमिरे नामक युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा स्वर उनको आफ्नै रहेको छ भने स्वरमा साथ गायिका सिर्जना उखेडाले दिएकी छन्। रावतको आफ्नै लय शब्दमा रहेको गीतमा एरेन्ज एरेन्जर भुमिराज थापाको छ । गीतमा अभिनय पनि उनले आफैले गरेका छन् । यस्तै अभिनयमा सम्झना सापकोटा लगायत अन्यको छ ।

पुरानो दिनको स्मरण हुने वास्तविक चोखो र साँचो प्रेमलाई गीत मार्फत दर्शाउन खोजिएको छ । आज भन्दा केही वर्ष पहिलाको परिवेशलाई गीतको अभिनय, गीतको शब्द संकलन मार्फत प्रष्ट पार्न खोजिएको छ। । गायक रावतले भने, “ आज भन्दा केही समय पहिला जुन बेला नेट ईन्टरनेटको सुबिधा त टाढाको कुरा हो, फोन गर्न मोबाइल फोन समेत थिएनन् , त्यो बेला खबर आदानप्रदान गर्ने माध्यम एउटा मात्रै माध्यम चिट्ठी थियो, हुलाकी मार्फत चिट्ठी आदानप्रदान हुन्थ्यो, त्यो बेला सुबिधा थिएन तर प्रेम त हुन्थ्यो नी, धेरैलाई लाग्न सक्छ त्यो बेला प्रेम गर्नेहरू टाढा हुँदा के गर्दा हुन् रु भनेर, माया अहिले गर्ने र उहिले गर्ने त्यहीँ हो” रावतले थपे, “तर अहिलेका प्रेमी प्रेमीकाहरु भेट नहुँदा, एक दुई दिन पनि फोनमा म्यासेजमा कुरा नुहुँदा त सम्बन्ध टुट्ने गरेको पाइन्छ तर त्यो बेला वर्षौं सम्म हाल खबर समेत बुझ्न नपाउदा पनि माया हुन्थ्यो, सम्बन्ध त्यहीँ हुन्थ्यो, अहिलेको प्रेम गर्ने शैली र तत्कालीन समयको प्रेम गर्ने शैलिलाई र फरकपनलाई गीत मार्फत प्रष्ट गर्न खोजिएको हो”रावतका अनुसार भेट्नु, फोन गर्नु, सधै नजिक हुनु मात्रै प्रेम होइन, टाढा हुँदा पनि त माया हुन्छ, यदि कसैले कसैलाई चोखो प्रेम गरेका हुन्छन् भने त्यो प्रेम अमर हुन्छ भन्ने कुरालाई पनि चरित्र चित्रण गरिएको छ । यस अधि बढी प्राथमिकता देउडा गीतलाई मात्रै दिदै आएका रावतले यो फरक बिधाको गीतलाई धेरैले माया गर्ने अपेक्षा लिएको बताएका छन् ।

पछिल्लो समयमा नेपाली देउडा गीत मात्रै नभई अन्य बिधाका गीतहरू संग पनि जोडिएर काम गर्ने रावत नेपाली सांगीतिक क्षेत्रमा राम्रो दख्खल राख्ने व्यक्ति हुन् ।उनले करिब ३ दर्जन बढी देउडा गीतको लय शब्द गरिसकेका छन् । पछिल्लो समयमा उनी आफै पनि गीतमा आवाज दिदै आएका छन् । उनले आधुनिक, लोकदोहोरी, देउडा ठाडी भाका, पप आदि गीतहरुको रचना गर्दै आएका छन् । नेपाली सांगीतिक क्षेत्रका उच्च तहका व्यक्तिहरु संगसहकार्य गरेर काम गर्दै आएका रावत दर्शकहरुले रुचाउँने मध्यको एक हुन् । रावतले वर पिपल दालीको नामक देउडा गीत मार्फत आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । उनका करिब ३ दर्जन बढी गीतहरू बजारमा छन् । गीतमा आवाज समेत दिने रावत गीतको लय शब्द , निर्देशन, अभिनय पनि गर्दै आएका छन् ।

भिडियाे… 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!