बाजुराः जिल्लाको बुढीगंगा नगरपालिका ४ कि एक महिला र उनका अन्दाजी तीन वर्षकि छोरी सहित भारतमा बेपत्ता भएकी छन् । बुढीगंगा नगरपालिका वडा नम्बर ४ घर भई हाल भारत को गुड्गाउँ को धर्मा कोलउनी नजिक कृष्ण चोक बस्दै आएकी अन्दाजी २३ वर्षीय निशा खड्का कटुवाल साथमा अन्दाजी २ वर्ष ९ महिना की छोरी दुबै आमा छोरी बेपत्ता भएकी हुन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका ३ टुनिसैन माइती घर भएकी उनका दुबै आमा छोरी यहीँ असोज १४ गते भारतको १० महिना १ तारिखको रातीबाट बेपत्ता भएको आफन्त उनका दाई राजेश खड्काले जानकारी दिएका छन् ।
उनलाई कसैले काहीं कतै भेटाएमा भारत को लागि सम्पर्क नम्बर ८८२६९१२०८७ मा र नेपाल को लागि सम्पर्क नम्बर ९८६६१०७०६५,९८४८२२२४४० मा सम्पर्क गरेर सहयोग गरिदिन पनि उनले आफन्त खड्काले आग्रह गरेका छन् । तीन दिन देखि बेपत्ता रहेकी खड्काको भारतमा रहेका सबै आफन्त भएका ठाउँमा खबर गर्दा पनि कतै सम्पर्कमा नआएको बताइएको छ । श्रीमान संग बिबाद भएपछि उनी राती आफु बस्दै आएको कोठाबाट निस्किएको आफन्तको भनाई रहेको छ ।
नागरिकताको प्रमाण पत्र, लगायतका आफ्ना व्यक्तिगत आवस्यक कागजात समेत लिएर उनी गएको बताइएको छ । तर कोठाबाट निस्कीए देखि अहिलेसम्म सम्पर्कमा आउन नसकेकी बताइएको छ ।











