धनगढीः सुदूरपश्चिम प्रदेशमा साइबर अपराधका घटनामा वृद्धि भएको पाइएको छ।सुदूरपश्चिम प्रदेश प्रहरीले तयार गरेको तथ्याङ्कमा प्रहरी कार्यालयमा साइबर अपराध सम्बन्धी उजुरी आउने सङ्ख्या बढेको छ।प्रहरीले तयार गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७७,०७८ मा प्रदेशमा ५० वटा साइबर अपराध सम्बन्धी उजुरी प्रहरीमा दर्ता भएकामा यो सङ्ख्यामा आर्थिक वर्ष २०७८,०७९ मा कमि आएर २९ मा झरे पनि गत आर्थिक वर्षमा साइबर अपराधका उजुरी ह्वात्तै बढेका छन्।
प्रहरी तथ्याङ्कमा गत आर्थिक वर्ष २०७९,०८० मा २०७ साइबर अपराधका उजुरी प्रहरीमा दर्ता भएका छन्। चालु आर्थिक वर्ष २०८०र,०८१ को दुई महिनामा ८१ वटा साइबर अपराधका उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन्।आर्थिक वर्ष २०७७,०७८ मा कञ्चनपुर जिल्लामा ३२ वटा साइबर अपराधका उजुरी प्रहरीमा दर्ता भएका छन्। यसैगरी, कैलाली, डोटी र दार्चुलामा समान ४र४ उजुरी, डडेल्धुरामा २ तथा बैतडी, बझाङ, बाजुरा र अछाम जिल्लामा साइबर अपराधका समान १,१ उजुरी प्रहरीमा परेको पाइएको छ।
आर्थिक वर्ष २०७८,०७९ मा साइबर अपराधका उजुरीमा कमि आएको छ। २९ वटा साइबर अपराधका उजुरी मध्ये कैलालीमा १५ मुद्दा, कञ्चनपुरमा १० र डोटीमा ४ उजुरी प्रहरीमा दर्ता भएका छन्।आर्थिक वर्ष २०७९,०८० मा भने सुदूरपश्चिममा साइबर अपराधका उजुरी ह्वात्तै बढेको पाइएको छ। गत आर्थिक वर्षमा कञ्चनपुरमा ९४ उजुरी परेकामा कैलालीमा ७३ उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन्। यसैगरी, बैतडीमा १३ उजुरी, बझाङ र डडेल्धुरामा समान ७,७ उजुरी, अछाममा ६ उजुरी, दार्चुलामा ४ र बाजुरामा एक उजुरी प्रहरीमा दर्ता भएका छन।











