बाजुराः सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्लामा पस्मिनाको उत्पादनका लागि बजेट विनियोजन गरेको करिव ४ महिनापछि प्रदेश सरकारले सम्भावना अध्ययन सुरु गरेको छ ।प्रदेश सरकारले पहाडी तथा हिमाली जिल्लामा उत्पादन हुने पस्मिना बाजुराको हिमाली,स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा अध्ययन सुरु गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाही सहितको तीन सदस्यीय टोलीले पस्मिनाको अध्ययन गर्न थालेको हो । अध्ययनका लागि मन्त्री शाही र पस्मिना संघको टोली जिल्लामा आएको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बाजुराका सूचना अधिकारी सिद्धराज जैशीले जानकारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पस्मिना उत्पादनको अध्ययन सुरु गरिएको छ ।
समुन्द्री सतहदेखि चार हजार ५०० मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा पस्मिना उत्पादनको सम्भावनाका बारेमा अध्ययन गर्न थालेका छन् । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराका सूचना अधिकारी जैशीका अनुसार मन्त्रीसहितको पस्मिना संघको टोली सम्भावनाको अध्ययनमा रहेको छ । उक्त टोली शुक्रबार जिल्लामा पुगेको हो । जिल्लाको पुर्वी उत्तरी भेगको स्वामिकात्तिक, जगननाथ र हिमाली गाउँपालिकाको उच्च क्षेत्रमा पस्मिनाको उत्पादनको अध्ययन थालिएको सूचना अधिकारी जैशीको भनाई रहेको छ ।सुदूरपश्चिमका कृषि मन्त्री रामेश्वर चौधरीले पस्मिना उत्पादनका लागि अध्ययन थालिएको बताए ।
उनले, ‘पस्मिनाको अध्ययनको लागि टोली आएको छ । पस्मिना अध्यययनको टोली अहिले बाजुरामा छ । उच्च हिमाली क्षेत्रमा मात्र पस्मिनाका लागि च्याँग्रा पालन गर्न सकिन्छ । अध्ययन टोलीको प्रतिवेदनका आधारमा काम गर्ने मन्त्री चौधरीले बताएका छन् । सुदूरपश्चिम सरकारले कृषि क्षेत्रमा दुई अर्ब ५० करोड बजेट चालु आर्थिक वर्षमा विनियोजन गरेको छ । विनियोजन गरिएको बजेटले पहाडी तथा हिमाली जिल्ला बाजुरा,दार्चुला,बैतडी,अछाम र बझाङ्ग जिल्लामा सम्भावनाको अध्ययन गरिने बताइएको छ ।











