बाजुराः जिल्लाको उत्तरी भेगमा रहेको बुढीनन्दा नगरपालिकाले विजयादशमी तथा शुभदिपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा शुभदिपावलीको अवसर पार्दै कार्यक्रमको आयोजना गर्न लागीएको नगरपालिकाले जनाएको छ । हरेक बर्ष झै यो बर्ष पनि नगरपालिका द्धारा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरीने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै पालिका भित्र रहेका सम्पुर्ण राजनितिक दलका प्रतिनिधि,वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य,वडाका वडा सदस्य,कर्मचारी स्वाथ्यकर्मि,सुरक्षकर्मि पत्रकार लगायत सम्पुर्ण नगरबासीहरुलाई उपस्थितको लागी अनुरोध गरेको छ । कार्यक्रम यहि अशोज ३० गते दिउसो १ बजे नगरपालिकाको सभाहलमा संञ्चालन गरीने नगरपालिकाले जनाएको छ ।











