
मिन बहादुर खड्का बाजुराः खप्तड छेडेदह गाउँपालिका वडा नं.६ मा वडा स्तरीय भलिवल प्रतियोगिता आज (बुधबार) बाट सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नव एकता युवा क्लबको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगको आजबाट एक औंपचारिक कार्यक्रमका बीच भलिबल प्रतियोगिता सुरु भएको हो ।
वडा स्तरीय भलिवल प्रतियोगितामा दुई वटा वडा बहिरका र ९ वटा वडा भित्रको गरी ११ टिम सहभागी रहेको आयोजक नव एकता युवा क्लबले जनाएको छ । आयोजक कमिटीका अनुसार प्रतियोगिता भोलि बिहिवबार सकिने बताइएको छ । एक औंपचारिक कार्यक्रमका बीच नव एकता युवा क्लबका अध्यक्ष झलक नाथको अध्यक्षतामा सुरु भएको भलिवल प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अथिती वडा अध्यक्ष, हर्क बिष्ट रहनुभएको थियो । कार्यक्रममा बिशिस्ट नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य कुम्भ नाथ योगी नेकपा एमाले खप्तड छेडेदह गाउँ कमिटी सदस्य द्व्य दिपक नाथ र मनबिर नाथ रहनु भएको थियो ।कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, राजनीति दलका प्रमुख एवम् प्रतिनिधि, स्थानीय खेल प्रेमी लगायतको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथमलाई ७ हजार, दित्तियलाई ५ हजार र तृतीयलाई ३ हजार पुरस्कर प्रदान गरिने नेकपा एमाले गाउँ कमिटी सदस्य मनबिर नाथ योगीले जानकारी दिनुभएको छ ।
बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित भलिवल प्रतियोगितामा शुभकामना आदानप्रदान समेत गरिएको थियो । खेलकुद प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्नुका साथै नयाँ पुस्तालाई खेल क्षेत्र तर्फ अभिप्रेरित गर्न सहयोग पुग्ने कार्यक्रममा बोल्ने वक्ताहरूको भनाई रहेको थियो । बिजया दशै र दिपावलीको अवसरमा यतिबेला निरन्तर विभिन्न ठाउँमा साँस्कृतिक कार्यक्रम लगायत विभिन्न खेलकुद प्रतियोगिता कार्यक्रम धमाधम भैईरहेका छन् ।