युनिकोड    राशिफल    एफएम रेडियाे                        
169 पटक पढिएको

धनगढीः यस वर्षको दशैंको अवधिमा सुदूरपश्चिममा ११ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। असोज २८ देखि कात्तिक ८ गतेसम्म भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।गत वर्षको दशैं भन्दा यस वर्षको दशैंमा बढी सवारी दुर्घटना भएको तथ्यांकले देखाएको छ। यस वर्षको दशैंमा सवारी दुर्घटनामा परेर ९ जना घाइते भएका छन्। साथै ट्राफिक प्रहरीले एक हजार ७ सय ५७ जना सवारी चालकलाई कारबाही गरेको छ। सवारी कारबाहीबाट करिब १० लाख राजस्व असुली भएको समेत प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।

गत वर्षको दशैंकको अवधिमा १२ वटा सवारी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरीको अभिलेख छ। सो अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए। ट्राफिक प्रहरीले एक हजार ९ सय ७४ सवारी चालकलाई कारबाही गरेर १७ लाख ९ हजार राजस्व असुली समेत गरेको थियो।राजस्व असुली, सवारी कारबाही र सवारी दुर्घटना गत वर्षको दशैंमा बढी भएको देखिएको छ। यस वर्षको दशैंमा भने सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेका संख्या बढी देखिएको छ। यात्रुको चाप बढी हुने, सडकको अवस्था, सवारीको अवस्थाले पनि दशैंमा अन्य समयको भन्दा धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको अनुभव छ।

दशैंको समयमा चालक र सवारीधनीलाई बढी रकम कमाउने आशाले क्षमताभन्दा बढी यात्रु बोक्दा पनि दुर्घटना बढ्ने गरेको र मानिसको मृत्यु पनि धेरै हुने गरेको पाइएको छ। प्रत्येक वर्ष सवारी दुर्घटना बढे पनि कारबाहीको भागिदार भने कोही बन्नु परेको छैन। झन्, चालकको दुर्घटनामा मृत्यु भए केस नै टुङ्गिन्छ। तर, हरेक दुर्घटनामा चालकमात्र जिम्मेवारी हुँदैनन्। सडक, सवारीको यान्त्रिक अवस्थाले दुर्घटना बढाइरहेको हुन्छ।दिनेशखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!