युनिकोड    राशिफल    एफएम रेडियाे                        
216 पटक पढिएको

बाजुरा– जिल्लाका ७ हजार १ सय ३० घरमा भुकम्पको पराकम्पनले गर्दा क्षेति पुगेको छ । पटकपटकको भुकम्पको पराकम्पनले गर्दा जिल्लामा ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी रहेको छ । उक्त भुकम्पको पराकम्पनहरुले जिल्लामा १३ सय ८३ घर पुर्ण रुपमा क्षेति भएका छन् । त्यस्तै आंशिक रुपमा ५ हजार २९ र ७ सय १८ जोखिम गरेर ७ हजार १ सय ३० घरमा क्षेति भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले वताएका छन् ।पुर्ण रुपमा सबै भन्दा बढी क्षेति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर भएको प्रशासनले जनाएको छ । त्यस्तै बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढिगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पुणर्रुपमा क्षति भएको छ । गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पुर्ण रुपमा क्षेति भएका छन ।

भुकम्प पिडितहरु अहिले चिसो पालमा रातकटाउन बाध्यउ भएका छन । बझाङको सिमा नजिकै जोडिएको जिल्ला बाजुरा भएकाले भुकम्पको पराकम्पनले गर्दा ठुलो मात्रामा क्षेती पुगेको छ । बझाङ सँग जोडिएको बुढिगंगा नगरपालिका, गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिकामा केही घर भत्किएको र केही घर जोखिममा रहेका छन् । बाजुरा जिल्लाभरी नै घरहरु जोखिममा रहेका छन्, तिनवटा पालिकामा भने सबैभन्दा बढी जोखिममा रहेका छन् ।पिडितले सामान्य पाल भन्दा बाहेक अरु केही राहत नपाएको गुनासो गरेका छन् । चिसोमा लुगाकपडा र खाद्यन्नमा निकै समस्या भएको पिडितले वताएका छन् । घरमा बस्ने अबस्था छैन, पालमा बस्दा बिरामी भएको स्थानियले वताएका छन् । कार्तिको चिसो महिनामा खुला पाल आकाश मुनि रात कटाउन बाध्य भएका छन ।

भूकम्पविद्हरूका अनुसार मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन ।२०७२ सालमा भूकम्प गएको गोरखा पश्चिमको क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने जोखिम रहेको भुकम्प बिद्धहरुले बताएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!