बाजुरा। नेपाली कांग्रेस बडिमालिका नगरपालिका वडा नं ७ वडाकार्य समितिको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाली कांग्रेस वडाकार्य समितिको आयोजनामा संञ्चालन गरीएको उक्त चियानपान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।देशैभर नेपाली कांग्रेसले आज बडादसैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रमको आयोजना गरेसंगै वडाकार्य समितिले पनि उक्त शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको हो । बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए। त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । कांग्रेसले बडादसैंको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
यसै अवसरलाई मध्यनजर गर्दै नेपाली कांग्रेस बडिमालिका ७ वडाकार्य समितिले पनि चियापान कार्यक्रम गरेको हो । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दैनेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य धनराज पण्डितले सधै भर हातेमालो गरेर कांग्रेस अगाडी बढ्नुपर्ने बताएका छन । पार्टीलाई शसक्त,बलियो बनाउनको लागी पाटीका सबै कार्यकर्ताहरु लागी पर्नुपर्ने पनि उहाँलबताएका छन । कार्यक्रममा बोल्ने अन्य ब्यक्तिहरुले पनि पाटीलाई सुदृढ बनाएर अगाडी लैजानु पर्ने बताएका छन ।
एक औपचारीक कार्यक्रमका बिच वडा सभापति गोरख धामीको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेश कार्यसमिति सदस्य धनराज पण्डित रहनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य धनलाल पाध्याय,नेपाली कांग्रेस प्रदेश प्रतिनिधि तथा वडा सदस्य पार्वति जोशि हमाल लगायत बिशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा बिर बहादुर बिक.उमाकान्त उपाध्याय,शिवलाल पाध्याय,हरिचन्द्र पाध्याय,लगायत पाटीमा आस्थावान नेताकार्यकर्ता, करिब १०० जना भन्दा बढी स्थानिहरुको उपस्थित रहेको थियो ।