युनिकोड    राशिफल    एफएम रेडियाे                        
291 पटक पढिएको

बाजुरा।  सर्वाधिक धनराशीको पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता सुन्दर नगरी आटिचौरमा आजबाट सुरु भएको छ । एक औपचारीक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकोे उद्धघाटन गर्नुभएको छ । बडा दशैकोे तेस्रो दिन पछाडी आजबाट उक्त कपको उद्धघाटन गरीएको हो । क्लबका अध्यक्ष लोकेन्द्र खड्काको अध्यक्षतामा सुरु गरीएको पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय जुना दानी रहनुभएको थियो । उक्त उद्धघाटन कार्यक्रममा बिभिन्न पालिकाका प्रमुख,उपप्रमुख,राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि,खेलप्रेमि खेलाडीहरु,पत्रकार लगायत स्थानियहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य गाँउपालिकाकी उपाअध्यक्ष बिशु देवी नाथले राख्नु भएको थियो ।कार्यक्रमको सञ्चालन नेकपा एसका नेता खगेन्द्र नाथले गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष दिल बहादुर रावतले दशरथ माविको खेलमैदानलाई राष्टिय मापदण्डको खेल मैदान बनाउनका लागि प्रदेश सरकारमा प्रस्ताव गरिसकेको र संघ सरकारसंग पनि समन्वय गर्ने तयारी रहेको दाबी गर्नुभयो । खेल क्षेत्रको विकास संगै सुन्दर नगरी आटिचौरलाई जिल्लाकै पहिचानका रुपमा विकास गर्न पालिकाको तर्फबाट आफु तनमन र बचनका साथ लागिपरेको बताउनुभयो । गाँउपालिकाको खेल क्षेत्रको विकासका लागि गाँउपालिकाको तर्फबाट आवश्यक लगानी गर्दै आएको र फेरी पनि गर्न तयार रहेको गाँउपालिकाकी उपाअध्यक्ष बिशु देवी नाथले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती माननिय जुना दानीले खेल क्षत्रको किासका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने दावी गर्नभयो । छेडेदह स्पोर्टस क्लवबको आयोजनामा आयोजित फुटवल प्रतियोगिताले समग्र छेदेदह गाँउपालिकाको विकासमा टेवा पुग्ने बताउनुभयो । खेलाडी देशकै लागी गहना र राष्टको पहिचान रहेको उल्लख गर्नुहुँदै उहाँले खेल क्षेत्रको विकासका लागि तिन वटै तहका सरकार एक्यबद्धता भए आपसी समन्वय र सहकार्यका माध्यमबाट खेल क्षेत्रको विकासमा जु्ट्नुपर्नेमा जोड दिनुभयो । खेल क्षेत्रको विकासलाई तीन वटै तहका सरकारले प्राथामिकतामा राख्नपर्ने प्रदेश सभा सदस्य दानीको भनाइ रहेको छ । आज उद्घाटन भएको प्रतियोगिताको खेल भने भोलीबाट खेलाइने आयोजक टिमले जानकारी दिएको छ । साथै १२ वटा टिमहरुले सहभागीता जनाएको पनि बताइएको छ । खेल प्रतियोगिता अवधिभर खेल क्षेत्रआसपासका पसलहरु र बजार क्षत्रमा मदिरा बिक्रि वितरणमा पुर्ण रुपमा बन्द गरिएको आयोजकले जनाएको छ ।

 

बाहिरबाट मदिरा सेवन गरेर खेल क्षेत्रभित्र प्रबेश गरी शान्तिपु्र्ण ढंगले भइरहेको खेल बिथोल्न खोज्ने जोकोहीलाई युवाहरु को सक्रियतामा नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइने छ। शान्तिपुर्ण, सभ्य र भव्य तरिकाले खेल सम्पन्न गर्नका लागि शान्ति सुुरक्षा पनि कडा पारिने आयोजकको दाबी रहेको छ। हरेक वर्ष आयोजना हुने सो प्रतियोगिता प्रति गाँउपलिकाका सबै राजनिति दलले चाँसो देखाएका छन। सबैको एक्येबद्धता देखिएको छ । सबै राजनिति दल सकारात्मक देखिएका छन। आज उद्घाटन कार्यक्रममा पनि गाँउपालिकाका सबै राजनितिक दलको उपस्थित रहेको थियो । राजनिति दलका ब्यक्तिहरु र पत्रकार बिच मैत्रिपुर्ण खेल भएको थियो उक्त खेल राजनितिक दलका ब्यक्तिहरुले जितेका थिए ।

खेललाई सभ्य र भव्य र शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न सबैले आआफ्नो तर्फबाट सहयोग गर्न पनि आयोजक छेडेदह स्पोर्टस क्लबले अपिल समेत गरेको छ। क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरीएको हो । सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिताको प्रथम पुरस्कार यो वर्ष २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा गरिएको छ । यस्तै द्धितीय स्थान हुने उपविजेताका लागि १ लाख २५ हजार २ सय २५ रुपैया पुरस्कार घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!