युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
269 पटक पढिएको

 मीन खड्का,बाजुरा।  सुदूरपश्चिम प्रदेश सरकारकी प्रदेश सभा सदस्य जुना दानीले जिल्लाकाे  खेल  क्षेत्रकाे  विकासमा लागि पर्ने  बताउनु भएको छ।जिल्लाकाे खेल क्षेत्रकाे उजागर गर्न आफू लगायत प्रदेश र तिनै तहकाे सरकार लागि पर्ने बताउनुभएको छ ।पाँचौ छेडेदह कप फुटवल प्रतियोगिताको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दानीले यस्तो बताउनु भएको हो ।छेडेदह स्पोर्टस क्लबले हरेक वर्ष आयोेजना गर्दै आएको फुटवल प्रतियोगिताको पाँचौ सस्करणको उद्धघाटन गर्नका लागि छेडेदह गाँउपालिका पुग्नु भएकी दानीले खेल क्षेत्रको किासका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने दावी गर्नभयो ।

छेडेदह स्पोर्टस क्लवबको आयोजनामा आयोजित फुटवल प्रतियोगिताले समग्र छेदेदह गाँउपालिकाको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । बाजुरको खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारमा आवाज उठाउने दानीले प्रतिबद्धता जनाउनुभयो । यो प्रतियोगिताले खेल क्षेत्रमा नयाँ पुस्तालाई अभिप्रेरित गर्नुका साथै समग्रमा खेल क्षनेत्रको विकासमा ठुलो योगदान पुर्याउने भन्दै प्रदेश सुभा सदस्य दानीले आयोेजकलाई धन्यबाद दिनुभयो । बाजुरा जिल्लामा मात्रेै नभई जिल्ला बाहिर पनि प्रतिस्पर्धा गर्न सक्ने बाजुराकै पहिचानका रुपमिा खेलाडी जन्माउन प्रतियोगिताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने दानीले बताउनुभयो ।संसारका अन्य मुलुकहरु खेल क्षेत्रमा इतिहास रच्न सफल भएको उढारण स्मरण गराउनुहुँदै उहाँले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो । खेलकुदको सानो उपत्यका सहीतको सुन्दर नगरी आटीचौरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उदेश्य सहितको यात्रामा प्रदेश सरकारको तर्फबाट आफु पनि हातेमालो गर्न तयार रहेको दानीले बताउनुभयो ।

यो प्रतियोगिताले खेल क्षेत्रको विकास, खेलाडी उत्पादन , र नयाँ पुस्तालाई खेलको महत्व बारे जानकारी गराउन र खेल क्षेत्रतर्फ अभिप्रेरित गर्न मात्रै नभई खप्तड छेडेदह गाँउपालिका भित्र अवस्थित छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुँडीकोट दरबारको प्रर्बद्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यि धार्मिक एवम् पर्यटकिय क्षेत्रहरुलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्दै लैजान पनि प्रतियोगिताको निरन्तरताले सहयोग पुग्ने दानीले बताउनुभयो ।खेलाडीले देशको पहिचान, गौरव र महिमालाई उच्च राख्ने गरेको इतिहास साच्चि रहेको पनि दानीले प्रष्ट पार्नुभयो । खेलाडी देशकै लागी गहना र राष्ट्रको पहिचान रहेको उल्लख गर्नुहुँदै उहाँले खेल क्षेत्रको विकासका लागि तिन वटै तहका सरकार एकताबद्ध भएर आपसी समन्वय र सहकार्यका माध्यमबाट खेल क्षेत्रको विकासमा जु्ट्नुपर्नेमा जोड दिनुभयो ।

पाँचौ छेडेदह कप प्रतियोगिताको उद्धाटन गर्न जानुभएककी दानीले गत असोज १६ गते गएको भुकम्पले खप्तड छेडेदह गाँउपालिकामा बढी क्षती गरेको प्रति दुःख व्यक्त गर्नुहुँदै घरहरु पुर्ननिर्माणका लागि प्रदेश सरकार संग आवश्यक पहल भइरहेको र फेरि पनि गर्ने दाबी गर्नुभयो ।प्रदेश सभाको बैठकमा पनि भुकम्प पिडीतहरुका आवाजहरुलाई बुलन्द गर्ने दानीले दाबी गर्नु भएको छ। बाजुराका समस्याहरु समाधानका लागि पटकपटक प्रदेश साँसदको हैसियतले प्रदेश सभा बैठक मार्फत र पटक पटक प्रदेश सरकारको ध्यानाकर्षण गराउदै आएको पनि उहाँले बताउनुभयो । जिल्लाका समसामयिक बिषयमा प्रदेश मातहतका बिभिन्न मन्त्रालयमा पुगर समस्या संग सरोकार राख्ने मन्त्रालय र मन्त्रि संग पनि पुगेर ध्यानाकर्षण गराउनुका साथै निरन्तर छलफल गरिहेको पनि उहाँले स्पष्ट पार्नुभयो । बाजुराको विकासका लागि सक्दो प्रयास गरिहेको उहाँको भनाई थियो

उसो त नेताहरुले भाषणमा खेल क्षत्रको विकासका लागि लागिपरेका छौँ भनेर पहल गर्दै आएको भएपनि जिल्लामै एक प्रयाप्त मात्रामको खेल मैदान हाल सम्म निर्माण हुन सकेको छैन । सदरमुकाममै समेत एक उपयुक्त खेलमैदान छैन । उसो त नेताहरुले भाषणमा राष्ट्रिय मापदण्डको खेलमैदान बनाउने प्रतिबद्धता जनाउदै आएका छन् । तर बोलिमा मात्रै अभिव्यक्ति सिमित हुने गरेका छन् । बोले अनुसारको काम बाजुराको खेल क्षेत्रमा हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!