युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
215 पटक पढिएको

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुग्नुभएको छ । बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदलगायतका उच्च पदस्थ अधिकारीले स्वागत गरेका छन् ।

आज दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग गुटेरेसले छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।त्यसलगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गरेपटि महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।प्रधानमन्त्रीको आयोजनामा आजै हुने रात्रिभोजमा पनि उहाँ सहभागी हुनुहुनेछ । हिजो प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया, विकास निर्माणका लागि पनि गुटेरसको भ्रमण महत्वपूर्ण हुने बताउनुभयो ।

भोलि महासचिव गुटेरेस जलवायु परिवर्तनको असर बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्ने कार्यक्रम तय भएको छ । त्यसपछि काठमाडौं फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा भाग लिएर महासचिव गुटेरेस पोखरा जानुहुनेछ ।पर्सि पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनमा जानेभएपछि अन्नपूर्ण गाउँपालिकाले पनि स्वागतको तयारी गरेको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताउनुभयो । पर्सि नै लुम्बिनीबाट काठमाडौं फर्केर संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसका लागि तयारी भइरहेको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार नेपालस्थित कुटनीतिक नियोगका अधिकारी, विभिन्न मुलुकका राजदूतलाई निमन्त्रणा पठाउने काम भइरहेको छ । त्यसपछि संसद परिसरमै महासचिव गुटेरेसले पत्रकार सम्मेलन गर्नुहुनेछ भने यही कात्तिक १५ गते नेपालको चारदिने भ्रमण पूरा गरी फर्कनुहुनेछ । महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले गएको सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!