
बाजुरा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाजुरा आउनुहुने भएको छ । यहीँ कार्तिक १९ गते बुढीगंगा नगरपालिका ६ फालासैनमा आउन लाग्नुभएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले जानकारी दिनुभएको छ ।
पुर्व प्रधानमन्त्री समेत रहनुभएका ओली बुढीगंगा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटनका लागि बाजुरा आउनु हुने भएको छ । ओली बुढीगंगा नगरपालिका द्वारा आयोजित पालिक स्तरीय भलिवल प्रतियोगिताको पनि उद्घाटन गर्नुहुनेछ। यो संगै सोही दिन ओलीले पार्टीको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओली बिहान ११ बजे हेलिकप्टर मार्फत भानोदय माध्यमिक बिद्यालयमा अवतरण गर्नुहुनेछ । त्यसपश्चात् उहाँ फालासैन जाने र दिउँसो तीन बजे बाजुराको बडीमालिका हुँदै १९ गते नै राजधानी फर्किनुहुने छ ।