
काठमाण्डाै । चर्चित गायक चक्र बम सहित ९ जना कलाकार जुवाखालबाट पक्राउ परेका छन । शनिरबार उनिहरुलाई मैतिदेबिको एक डान्सबारबाट जुवा खेलीरहेको अबस्थामा प्रहरी वृत अनामनगरले गायक बम,गजित बिष्ट लगायत अन्य नौ जना पक्राउगरेको हो ।
जुवाखालबाट पक्राउ पर्नेमा चर्चित शुदुरपश्चिमेली गायक तथा मोडेल चक्र बम,गायक तथा नृत्य निर्देशक गजित बिष्ट,शंकर आचार्य,इकु शुलेमान,नरेन्द्र बिष्ट,रोशन सिंह,साहिन मगर,सुरेन्द्र पाल,र घनश्याम अधिकारी रहेका छन । जुवाखालबाट प्रहरीले एक लाख भन्दा बढी नगद रकम बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकु काठमाण्डौका प्रबक्ता कुमोद ढुंगेलले बताएका छन । प्रकाउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अगाडी बढाएको छ ।