
बाजुर। १३ बर्षिय बालक कर्णाली नदिमा बगेर बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बेपत्ता हुनेमा जगन्नाथ गाउँपालिका–४ बेर्माका मनलाल भण्डारीका १३ वर्षीय छोरा सुबिन्द्र भण्डारी रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले दिएको जानकारी अनुसार मङ्गलवार दिउँसो उनी बेपत्ता भएका हुन् । सोही ठाँउ स्थित कर्णाली नदीमा नुहाउने क्रममा सुबिन्द्र बगेर बेपत्ता भएका प्रहरी निरीक्षक भण्डारीको भनाई छ ।
सुविन्द्र बेपत्ता भएको भन्ने खबर प्राप्त पछी प्रहरी चौकी जुड्डीबाट खटिएको प्रहरीको टोलीले उक्त नदिमा उनको खोजतलास गरिरहेको बताइएको छ । उनी अझै भेटिएका छैनन् ।