बाजुरा – जिल्लाको बुढीनन्दा नगरपालिका २ मा शुक्रबार देखि प्रथम साईनिङ्ग स्टार कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ ।खेल जनकप्रकाश माद्यामिक बिद्यायलयको मैदानमा संचालन भईरहेको खेलमा २४ टिमको सहभागिता रहेको आयोजक साईनिङ्ग स्टार युथ क्लबका अध्यक्ष संजय रोकायाले जानकारी दिनुभएको छ ।
खेल भने शनिबार बिहान ७ बजेबाट संचालन गरिने भएका छ । खेलको बिजेताले १ लाख ५५ हजार पाँच सय ५५ हजार नगद सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छ भने उप बिजेता हुने टिमले १ लाख १ हजार १ सय ५५ नगद सहित ट्रफि मेडल प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
साईनिङ्ग स्टार युथ क्लबका अध्यक्ष संजय रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बुढीनन्दा नगपालिकाका नगर प्रमुख जनक कुमार बोहरा रहनुभएको थियो । कार्यक्रममा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल, स्वामीकार्तिक खापर गाउपालिकाका अध्यक्ष भरत बहादुर रोकाया, बुढीनन्दा नगरपालिकाका उप–प्रमुख रामबहादुर बोहरा, जगन्नाथ गाउँपालिकाका उपाध्यक्ष मरुकला बिष्ट बिशिष्ट अतिथि रहनुभएको थियो ।











