युनिकोड    राशिफल    एफएम रेडियाे                        
309 पटक पढिएको

मिन बहादुर खड्का बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा दिन प्रतिदिन चोरीका घटना बढ्दै गएका छन् । मार्तडी बजार भित्रका बजार बासीका घर तथा पसलहरुमा चोरीका घटनाहरु बढिरहेको बजार बासिले गुनासो गरेका छन् ।दिनप्रतिदिन चोरीका घटना बढ्दै गएको भएपनि प्रहरीले सक्रियता नबढाएको व्यापक जनगुनासो छ । जिल्ला प्रहरी कार्यालय आसपासकै क्षेत्रमा यसरी चोरी हुँदा पनि प्रहरी के हेरेर बसिरहेको छ भनेर बजार बासिले प्रश्न गरिरहेका छन् । शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप समेत प्रहरी माथि बजारबासिले लगाउदै आएका छन् । यतिमात्र होइन राती अबेर सम्म केही केटाहरुको बजारमा होड्ने, होहल्ला गर्ने लगायतका गतिविधि बढिरहेकाले अपराधीक गतिविधि बढ्ने भन्दै बजार बासिहरु चिन्तित छन् । बिहिबार बेलुका मात्रै राष्ट्रिय बाणिज्य बैंक नजिकै आसपासका तीन वटा पसलमा चोरी भएको बताइएको छ ।

 

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार संगै जोडिएको एउटै घरका तीन पसलमा चोरी भएको हो । कमला रावल, चीन कटुवाल र विशाल ओलीको पसलमा चोरी भएको बताइएको छ । ल्यापटप नगद १० हजार, अन्य पसलमा भएका सामाग्री चोरी भएको प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभएको छ । चोरीमा संलग्न दुई जना सन्कासपद व्यक्तिको खोजी कार्य जारी रहेको पनि प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय बाजुरा श्रोतले भने बजार बासिले प्रहरी माथि लगाएको आरोप सत्य नभएको बताएको छ । यता जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आर्थिक वर्ष २०७७/७८ मा चोरी सम्बन्धि विभिन्न प्रकृतिका ६ वटा मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । यस्तै आर्थिक वर्ष २०७८/७९ मा २ वटा छन् भने आर्थिक वर्ष २०७९/८० भने एउटा पनि चोरीको मुद्धा दर्ता भएको छैन । चालू आर्थिक वर्षमा एक मात्रै चोरीको घटना भएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् । प्रहरी बाजुरा जिल्ला भरका जनतालाई शान्ति सुरक्षा दिनका लागि दिन रात नभनी खटिरहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!