बाजुरा। जिल्लाको हिमाली गाउँपालिकाको रयालाई केन्द्रविन्दु बनाएर मंगलबार मध्यान्ह १२ बजेर ५८ मिनेटमा ४ रेक्टरको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । लगातार भुकम्पको पराकम्पन आउन थालेपछि जिल्लाका स्थानीयहरु त्रिसित बन्दै गएका छन् । भुकम्पका कारण चर्किएका घरहरु थप जोखिममा भएकाले घर भत्किने डरले यहाँका नागरिकहरु त्रसित बन्दै गएका हुन् ।गत १७ गते जाजरकोट जिल्लालाइ केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ८ म्याग्नेच्युडको भुकम्पपछि लगातार पराकम्प गइरहेका छन् ।











