कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखाबाट १९ ग्राम ६५ मिलिग्राम लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। कैलाली घोडाघोडी नगरपालिका–१० का २६ वर्षीय सुवर्णकुमार बोहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय अनिल श्रीपाली लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।











