कैलाली । भारतमा मजदुरी गरेर घर फर्किरहेका कैलालीका एक जना कामदार बाटोमै लुटिएका छन्। कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका हुन्।कारगिलमा ६ महिना मजदुरी गरेर ल्याएको १ लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिएको उनले बताए। कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर लुटेको उनले बताए।
हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्वार गरेर बनबासासम्म पु¥याएको हो। सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले अलपत्र परेका नेपालीलाई घरसम्म पठाउने गरेको छ।











